सुविसु क्यान कमटेक मेला भदौ २३ देखि



Can_01
क्यान महासंघले भदौ २३ गते देखि २६ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा पहिलो पटक क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ ।

यस प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार, इलेक्ट्रोनिक सेक्युरिटी, सेफ्टी र सोलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत विभिन्न कम्पनीहरूको स्टलहरू रहने क्यानका महासचिव विश्वराम बलामीले जानकारी दिए ।

सुविसु क्यान कमटेक अवलोकनका लागि सर्वसाधारणहरूलाई प्रवेश शुल्क ५० रूपैयाँ र विद्यार्थीहरूलाई २५ रुपैयाँ तोकिएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरू सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने कुरा पनि क्यानले जनाएको छ ।

मेलामा जम्मा ८१ (सानो र ठूलो गरि) वटा स्टलहरू रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भइसकेका छन् । कमटेक प्रदर्शनीमा १ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा क्यानले गरेको छ ।


क्लिकमान्डु