कल वाइपासका सामान सहित एक पक्राउ



phone_crimeकाठमाडौ । प्रहरीले साँखु ईन्द्रायणी चोकबाट अवैध रूपमा टेलिफोन कल बाइपास गर्ने भिओआपी सामान सहित १ जनालाई पक्राउ गरेको छ ।

असन बस्ने काभ्रे शिसाखानीका ३० वर्षीय विनोद दंगाललाई भिओआइपी सामान ओसारपसार गरिरहेको अवस्थामा आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बा.१ ज ७५५६ नम्बरको भाडाको ट्याक्सीमा लुकाइछिपाई लैजाँदै गरेको  २ वटा सिम राख्ने पोर्ट १ टि.पि. लिङकको राउटर , १ इन्भर्टर, १ मोनिटर लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु