एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर



ncell

एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।

चाडपर्वको अवसर पारी ल्याएको यो योजनाअसोज १३ बाट लागु भएको छ । एनसेलका प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् । सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन् ।

प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ ।

भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । ग्राहकले १७१२४ मा खाली म्यासेज (ब्ल्याङ्क म्यासेज) पठाई आफुले प्रयोग गरेको रकमको जानकारी पाउन सक्नेछन् ।

यो योजना ९० दिनको लागी मान्य हुनेछ ।


क्लिकमान्डु