घरबाटै टेलिफोनको बिल कसरी तिर्ने?



ntc_billटेलिफोनको बिल तिर्न काम अरू काम छाडेरै लामो लाइनमा बस्नु पर्छ भन्ने छैन् । ल्यान्ड लाइन टेलिफोनको बिल घरबाटै उपाय पनि छन् । आफ्नो ल्यान्डलाइनको बिल थाहा पाएपछि विभिन्न तरिकाले सो बिल तिर्न सकिन्छ ।

महसुल कसरी थाहा पाउने ?

जुन टेलिफोनको महसुल थाहा पाउने हो उही नम्बर बाट १६०६ मा फोन गरेर सजिलै उठेको महसुल बारे जानकारी लिन सकिन्छ ।

मोबाइलबाट एसएमएस मार्फत OSB टापइ गरी ० बाहेकको एरिया कोड सहितको नम्बर टाइप गरेर १४०० मा पठाउनु भयो भने पनि तुरुन्तै महसुल कति बाँकी छ जानकारी पाइन्छ ।

पैसा कसरी तिर्ने ?

पसलबाट टेलिकमको रिचार्ज कार्ड  किन्नुहोस् । १४१३ डायल गरी मागेको विवरण दिनुहोस् र रिचार्ज कार्डको पिन नम्बर डायल गरेपछि बिल भुक्तानी हुन्छ । अनलाइन मार्फत रिचार्ज गर्न http://webrecharge.ntc.net.np गएर पनि गर्न सकिन्छ ।

अनलाइनमा अरू विकल्प पनि छन् । कतिपय बैंकहरूले इन्टरनेट बैंकिङ मार्फत पनि बिल तिर्ने सेवा उपलब्ध गराएका छन् । अनलाइन पेमेन्ट साइटहरू इसेवा, आइपे, पेबिल जस्ता साइटबाट पनि तिर्न सकिन्छ ।

नजिकैको साइबर क्याफेमा पनि यस्तो बिल भुक्तानीको अनुरोध गर्न सक्नु हुने छ ।

बिल तिरेको पक्का गर्ने फेरी एक पटक १६०६ डायल गरेर पक्का गर्नुहोस् । यसरी फोनबाट बिल बुझ्दा लोकल कल बराबर शुल्क भने लाग्छ ।

 


क्लिकमान्डु