सकियो कमटेक, आइपी टिभीमा धेरैको चासो



com_tech_1

काठमाडौं । भृकुटीमण्डपमा आयोजना गरिएको चारदिने ‘सुविसु क्यान कमटेक २०१६’ आइतबार समापन भएको छ । मेलामा डेढ लाख बढीले अवलोकन गरेको आयोजक क्यान महासंघले जानकारी दिएको छ ।

क्यान महासंघका अध्यक्ष विनोद ढकालले सुचना तथा प्रविधिमा भएका उत्पादनहरुको जानकारी दिने कमटेकको पहिलो मेला अपेक्षा अनुसार सफल भएको बताए । समापन समारोहमा अध्यक्ष ढकालले मेलामा सहभागी भएका सेवा प्रदायक तथा उत्पादक कम्पनीहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेˆटि एण्ड सलुशन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, मोवाइल एसेसोरिज, साइबर सेक्युरिटीलगायतमा उपभोक्ता झुम्मिए ।

आइपी टिभीमा आकर्षण

मेलामा विभिन्न इन्टरनेट सेवाप्रदायकले नेपालमा पहिलो पटक सुरु गरेको इन्टरनेट प्रोटोकल टिभी-आइपी टिभी)ले धेरैको ध्यान खिच्यो । उच्च गतिको ब्रोडव्यान्ड इन्टरनेटबाट चल्ने यस्तो टिभी वल्डलिंक, ब्रोडलिंक र भायनेटले सेवा सुरु गरिसकेका छन् ।

आइपि टिभीका प्याकेजमा सय भन्दा बढी टिभी च्यानलहरु हेर्न सकिने र सँगसँगै इन्टरनेट पनि चलाउन मिल्ने कम्पनीहरूले जानकारी दिए ।

जेटिई स्मार्टफोनमा चासो

चीनको स्मार्टफोन उत्पादक कम्पनीले पहिलो पटक नेपालमा भित्राएको जेटिई स्मार्टफोनमा धेरैको चासो देखियो । सन् १९८५ देखि फोन उत्पादन थालेको जेडिई ग्राहकको अभिरुची रहेको पाइयो ।

प्रोफेसनल फोटो खिच्न, क्लियर म्यूजिक सुन्न साथै अन्य राम्रा फिचरहरु भएको यो स्मार्टफोन नेपालमा एकबर्ष भित्र उत्कृष्ट स्मार्टफोनको रुपमा उपस्थिति जनाउने मेलामा जानकारी दिइयो । यसको न्यूनतम् मूल्य १५ हजार ९ सय ९० हाललाई कायम गरिएको छ । सेल्फी स्टीक उपहार रहेको यो सिल्भर र पिंक कलरमा उपलब्ध छन् ।


क्लिकमान्डु