हार्ड ड्राइभमा ठाउँ छैन? चिन्ता नगर्नूस



vdrive

भाइरस वा अरू गडबडीले एक्कासि कम्युटर फर्माट गर्नु पर्ला वा तपाईको हार्ड ड्राइभमा उपलब्ध ठाउँ भरिएला । तपाइसँग इन्टरनेट कनेक्सन राम्रो छ भने स्टोरेजको लागि पैसा नै खर्च गर्नु पर्दैन् । थुप्रै कम्पनीका क्लाउड स्टोरेज वा भर्चुवल ड्राइभले इन्टरनेटमै फाइल सुरक्षित गर्ने सुविधा सित्तैमा उपलब्ध छन् ।

इन्टरनेटमा विभिन्न कम्पनीले विभिन्न विशेषता सहितका भर्चुवल ड्राइभको सेवा उपलब्ध गराएका छन् । कुनैमा स्टोरेज क्षमता बढि छ, कुनैमा प्रति फाइलको साइजको सीमा बढि छ त कुनैमा अनलाइन एप्लिकसनहरूमा काम गर्ने सम्मको सुविधा छ । तपाइले आफ्नो आवश्यकता हेरी कुन उपयुक्त हो छान्न सक्नुहुन्छ । धेरै नै डेटा स्टोरेज गर्नेले भने पैसा तिरेर लिने सुविधा पनि छन् ।

भर्चुवल ड्राइभ प्रयोग गरेपछि धेरैजसो अवस्थामा हार्ड ड्राईभ वा युएसबी स्टीक (पेन ड्राइभ) बोकेर हिड्ने झन्झट गर्नु पर्दैन् । इन्टरनेट जोडिएका कम्प्युटर मात्र होइन मोबाइ फोनबाटै चाहेको बेला सामग्री पठाउन, एडिट गर्न, डाउनलोड गर्न र अपलोड गर्न समेत सक्नुहुन्छ । अझ कतिपयका छुट्टै मोवाइल एप्स भएको कारण सजिलै अपलोड र डाउनलोड समेत गर्न सकिन्छ ।

तपाईले यस्ता ड्राइभमा रहेका फाइलहरूमा काम गर्नुभयो भने सिधै इन्टरनेटमा ‘सिङ्क्रोनाइज्ड’ हुन्छन् । सानो असावधानीले फाइल डिलेट हुने वा फर्माट हुनेबाट राहात पाउन सक्नुहुन्छ ।

धेरै भर्चुवल स्टोरेज कम्प्युटरमा सी, डी ड्राइभ जस्तै गरी इन्टल गर्न मिल्छ । तपाईले यस्ता ड्राइभमा रहेका फाइलहरूमा काम गर्नुभयो भने सिधै इन्टरनेटमा ‘सिङ्क्रोनाइज्ड’ हुन्छन् । सानो असावधानीले फाइल डिलेट हुने वा फर्माट हुनेबाट राहात पाउन सक्नुहुन्छ ।  चल्तीमा रहेका केही भर्चुवल स्टोरेज प्लेटफर्म यस्ता छन् ।

१. मेगा

यो क्लाउड स्टोरेजले आफ्ना ग्राहकलाई ५० जिवी क्षमताको स्टोरेज दिने गरेको छ । पछिल्लो पटक देखा परेका मोवाइल अपरेटिङ सिस्टमहरू आइओएस, एण्ड्रोइड, ब्ल्याकबेरी र विण्डो फोनवाट आफ्ना महत्वपूर्ण डाटाहरु यसमा अपलोड गरेर सुरक्षित गर्न सकिन्छ ।

२. गुगल ड्राइभ

गुगलले ल्याएको यो सेवा जिमेल र गुगल प्लसका प्रयोगकर्ताहरुले सोही लगइनवाट उपयोग गर्न सक्छन् । गुगल ड्राइभले आफ्ना प्रयोगकर्तालाई १५ जिवी स्टोरेज प्रदान गरेको छ । यो स्टोरेजमा तपाईले राखेको सामग्री मोवाइल मार्फत् पठाउन, डाउनलोड र अपलोड पनि गर्न सक्नुहुन्छ ।

३. ड्रप बक्स

ड्रपबक्स पनि निकै चल्तीको भर्चुवल स्टोरेज प्लेटओफर्म हो । अधिकाशं मोबाइल फोन, कम्प्युटर र ब्राउजरबाटै प्रयोग गर्न मिल्ने ड्रप बक्सले साधारण प्रयोगकर्तालाई २ जिबी निशुल्क स्टोरेज दिन्छ । सामसुङका मोबाइल लयातका डिभाइस प्रयोगकर्तालाई भने ड्रपबक्सले सित्तैमा १ सय जिबी सम्म स्टोरेज उपलब्ध गराउँछ ।

४. वान ड्राइभ

पहिला स्काई ड्राइभले लोकप्रिय भएको यो क्लाउड स्टोरेजको नाम परिवर्तन भएर वान ड्राइभ रहेको छ । माइक्रोसफ्टले ल्याएको यो स्टोरेज प्रयोग गर्ने प्रयोगकर्ताले साइन इन गरे लगत्तै ५ जिवी निशुल्क प्रयोग गर्न पाउछन् । यसमा पनि अपलोड, डाउनलोड र सेयरीङ गर्ने सुविधाहरू रहेको छ ।

५. मिडिया फायर

मिडिया फायर क्लाउड स्टोरेजले साईन इन गरे लगत्तै १० जिवी स्टोरेज निशुल्क दिन्छ । यदी तपाईले उक्त स्टोरेजको रिफरल पठाउनु भयो र उक्त रिफरलवाट कसैले साईन इन गरेमा तपाईको स्टोरेज बढ्दै गएर ५० जिवी सम्म पुग्ने गर्छन् ।

७. पि क्लाउड

पि क्लाउडले पनि तपाईलाई साईन इन गर्ने बित्तिकै १० जिवी निशुल्क क्लाउड स्टोरेज दिने गर्छ । यदी तपाईले साथीहरुलाई रिफरल पठाउनु भयो र उक्त रिफरलवाट साईन इन गरेमा तपाईको स्टोरेज क्षमता वृद्दी हुदैं २० जिवी सम्म पुग्छ । अधिकांश मोवाइल अपरेटिङ सिष्टममा यो चल्छ ।


क्लिकमान्डु