पानासोनिकको अनौठो ‘नदेखिने’ टिभी (भिडियो सहित)



panasonics-invisible_tv

जापानको पानासोनिक कम्पनीले नदेखिने टेलिभिजनलाई सार्वजनिक गरेको छ । गत जनवरी महिनामा लासभेगासमा आयोजना भएको कन्जुमर इलेक्ट्रोनिक शोमा पानासोनिकले एलइडी टेक्नोलोजिमा निर्माण गरेको पारदर्शी टेलिभिजनलाई प्रस्तुत गरेको थियो । यो प्रदर्शनीमा प्रस्तुत गरेको टेलिभिजनको पिक्चर क्वालिटी राम्रो नभएपछि पानासोनिकले बुधवारबाट अन्तराष्ट्रिय बजारमा ओलिड टेक्नोलोजीमा निर्माण गरेको पारदर्शि टेलिभिजनलाई सार्वजनिक गरेको हो ।

पारदर्शी टेलिभिजन उक्त सो मै प्रस्तुत गर्दा टेलिभिजनको क्षेत्रमा चर्चा बटुलेको पानासोनिकले ओलिड टेक्नोलोजिमा निर्माण गरेको टेलिभिजनलाई सार्वजनिक गरेपछि अहिले फेरी यो टेलिभिजन चासोको विषय भएको छ ।

झट्ट हेर्दा पारदर्शि सिसा मात्र देखिने उक्त टेलिभिजनको पछाडीको बस्तु समेत देख्न सकिन्छ । जसको कारण उक्त सिसानै टेलिभिजन हो भनेर छुट्याउन मुस्किल समेत पर्छ । यो टेलिभिजनको अगाडी गएर हातलाई हल्लायो भने टेलिभिजन अन हुन्छ । अहिले प्रोटोटाइपमा रहेको यो टेलिभिजनलाई उपभोत्ताले यो भन्दा पनि परिस्कृत रुपमा पाउन ३ बर्ष कुर्नुपर्ने कम्पनीले जनाएको छ ।

भिडियो हेर्नुहोस् :


क्लिकमान्डु