एकलाख चालकले पाए स्मार्ट लाइसेन्स



smart_big

काठमाडौं । यातायात व्यवस्था विभागले यसै बर्षबाट सुरु गरेको स्मार्ट सवारी लाइसेन्स वितरण संख्या एकलाख पुर्‍याएको छ ।

पहिलो चरणमा वागमती अञ्चल कार्यालयबाट एकलाख ६० हजार लाइसेन्स वितरण गर्ने योजना अनुरुप दशैं अघि एक लाख चालकले स्मार्ट लाइसेन्स प्राप्त गरिसकेको विभागका प्रवक्ता बसन्त अधिकारीले क्लिकमाण्डुलाई जानकारी दिए ।

देशभरका पुराना र नयाँ सबै सवारी चालकलाई स्मार्ट कार्ड वितरण गर्ने योजना बनाएको सरकारले ९ महिनाको अवधीमा एकलाख मात्र वितरण गरेको हो । गत मङसिर देखि नै वितरण गर्ने विभागको योजना थियो ।

कार्ड छाप्ने मेसिनको अभावमा विभागले लक्ष्य अनुरूप वितरण गर्न सकिरहेको छैन् । कार्ड छाप्ने जिम्मा पाएको भारतको ‘मद्रास सेक्यूरिटी पि्रन्टर्स’ कम्पनीले हाल तीनवटा मात्र मेसिन उपलब्ध गराएको छ । एउटा मेसिनले एकपटकमा २ सय मात्र कार्ड छाप्न क्षमता रहेकाले वितरणमा ढिलाई भएको प्रबक्ता अधिकारीको भनाइ छ ।

नेपालमा झण्डै २३ लाख विभिन्न किसिमका लाइसेन्स जारी भएकोमा २२ लाख लाईसेन्स ‘एक्टीभ’ रहेको विभागको तथ्याङ्क छ । पुराना सबै लाइसेन्सलाई स्मार्टकार्डका रुपमा रुपान्तरण गर्न कम्तिमा २ वर्ष लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु