टेलिकमले सबै जिल्लामा पुर्‍यायो थ्रीजी



nepal_telecom

काठमाडौं । बिहिबार देखि देशका ७५ वटै जिल्लामा थ्रीजी मोबाइल सेवा पुगेको छ । नेपाल टेलिकमले कर्णालीका दुई जिल्ला सदरमुकाम दसैंको मुखैमा थ्रीजीले जोडेको छ । डोल्पाको दुनैमा बुधबार र हुम्लाको सिमिकोटमा बिहीबारबाट यो सेवा सञ्चालन सुरू भएको हो ।

९ वर्ष अगाडिबाट ३ जी विस्तार सुरू गरेको टेलिकमले बल्ल सबै जिल्लामा यो सेवा पुर्‍याएको हो । सदरमुकाम र सहरी क्षेत्र बाहेक अझै पनि धेरैजसो ग्रामीण क्षेत्र टुजी सेवा मै सीमित छन् ।

थ्रीजी सेवा मार्फत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त टुजीमा भन्दा उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध छ । नेपाल टेलिकमले काठमाडौं लगायत ठूला सहरी क्षेत्रमा भने थ्रीजी पछिको अर्को पुस्ताको प्रविधि फोरजी छिट्टै सुरू गर्दै छ ।


क्लिकमान्डु