फेसबुकबाट शुक्रकिट दान!



sperm-donor-matt-stone

शुक्रकीट बैँकले उपभोक्ताहरूसँग चर्को मूल्यमा वीर्य बेच्न थालेपछि अमेरिकाका ३७ वषिर्य म्याट स्टोनले फेसबुकबाट निःशुल्क सेवा दिन थालेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनाका म्याटले पहिला शुक्रकिट बैंकलाई आफ्नो शुक्रकिट दिने गरेका थिए । शुक्रकिटको आवश्यक्ता रहेका धेरै महिलाहरू शुल्कका कारण  सेवाबाट बन्चित हुन थालेपछि उनले फेसबुकवाटै निःशुल्क शुक्रकीट सेवा दिन थालेका हुन् । उनका अनुसार ४ बर्ष अगाडी देखि फेसबुकको माध्यमवाट उनको शुक्रकिट दान लिएर करिव १ सय बच्चाहरू जन्मिसकेका छन् ।

फेसबुकवाट सम्पर्कमा आउने महिलाहरूसंग उनिहरूको पृष्ठभुमि, पारिवारिक अवस्था, बालबच्चालाई हुर्काउन सक्ने क्षमता जस्ता कुराहरू बुझेर मात्र आफुले शुक्रकिट दान दिने गरेको बताए । बच्चाको चाहनामा महिलाले शुक्रकिट दान लिएर गर्भवती भएपछि पारिवारिक किचलो हुदाँ उनीहरुको घर बिग्रने साथै जन्मेको बच्चाको भबिष्य समेत अन्धकारमा पर्ने गरेको घटना देखेर आफुले बिस्तृत बुझेर मात्र दान दिने गरेको म्याट बताउछन् ।
आफुवाट शुक्रकिट दान लिएका ७० जना आमाहरू आफ्नो सम्पर्कमा रहेका र कतिपयले गोपनियता भंग हुने डरले गर्भ नरहेको भन्दै सम्पर्कमा आउन नचाहेको उनी बताउछन् । उनका अनुसार अहिले उनको शुक्रकिट दान लिएर २० महिलाहरू गर्भवती अवस्थामा रहेका छन् ।

म्याटलाई दैनिक शुक्रकीट दान गर्न १० जना महिलाको अनुरोध आउने गरेको छ । यी अनुरोधलाई उनी आवश्यकता अनुसार छाट्छन् र सातामा आठ जना भन्दा बढीलाई दान गर्छन् । उनका अनुसार उनीसँग शुक्रकीट दान माग्नेमा ९० प्रतिशत समलिंगी जोडी, ५ प्रतिशत सामान्य दम्पती र ५ प्रतिशत एकल महिलाहरू हुने गरेका छन् ।


क्लिकमान्डु