बाइ बाइ नोट ७, के होला सामसुङ मोबाइलको भविष्य?



note_7_good_bye

अन्ततः सामसुङले ग्यालेक्सी नोट ७ फोनको उत्पादन र बिक्री वितरण बन्द गरेको छ । स्मार्टफोन बजारको लिडिङ कम्पनी सामसुङले ‘इतिहासकै सबैभन्दा राम्रो’ आफ्नो ‘फ्लागसिप सेट’ बारे नमिठो निर्णय गर्न बाध्य भयो । नोट ७ लाई बाइ बाइ गर्दै गर्दा स्मार्टफोन बजारमा अनेक उत्सुकता र जिज्ञासा जन्माएका छन् । के नोट ७ को अन्त्यसँगै सामसुङ कम्पनीको ओरालो यात्रा सुरू भएको हो त?

बजार कब्जा जमाइरहेका नोकिया, ब्लाकबेरी, मोटोरोला जस्ता कम्पनीलाई निकै पछाडी छाड्दै गएको ७ वर्षमा सामसुङ मोबाइलले ठूलो फड्को मारेको छ । यो बीचमा सामसुङ स्मार्टफोनको लोकप्रियता यति बढ्यो कि अगस्टको अन्तिम साता बजारमा नआउँदै नोट ७ को अर्डर संसारभर लाखौंको संख्यामा भइसकेको थियो । दक्षिण कोरियामा मात्र २ लाख सेटको प्रि-अडर थियो ।

दुइ हप्ता नपुग्दै २५ लाख प्रयोगकर्ताको हातमा पुगेको नोट ७ फिर्ता गर्न कम्पनी बाध्य भयो जसको कारण थियो दर्जनौं ठाउँमा सेट पड्केको र दुर्घटना भएको खबर । प्रयोगकर्ताको सुरक्षा पहिलो प्राथमिकता भन्दै सासमुङले ति सेटहरू फिर्ता माग्यो । केही हप्तामै ‘सुरक्षित’ बनाएको भन्दै सामसुङले प्रयोगकर्तालाई नै ति सेट धमाधम फिर्ता गर्यो । तर, सुरक्षित भनिएका सेट पढ्किएका खबर एक पछि अर्को आउन थाले ।

संकटमा सामसुङ?

नोट ७ को संकट पछी सामसुङले अहिले नै आम्दानीको ३३ प्रतिशत हिस्सा गुमाएको देखिएको छ । बिक्री भैसकेका सबै सेटको पैसा फिर्ता गर्दा वा अरू मोडलसँग साट्दा सामसुङले ठुलो रकम गुमाउनु पर्ने छ । तर यति हुँदा पनि वर्षौं पुरानो टेक्नो जाइन्टका लागि यो रकम ठुलो हैन । सबैभन्दा ठुलो संकट त उसका प्रयोगकर्ताको विश्वास जोगाउन हम्मे पर्नु नै हो ।

सबै सेटको पैसा फिर्ता गर्दा वा अरू मोडलसँग साट्दा सामसुङले ठुलो रकम गुमाउनु पर्ने छ । तर यति हुँदा पनि वर्षौं पुरानो टेक्नो जाइन्टका लागि यो रकम ठुलो हैन । सबैभन्दा ठुलो संकट त उसका प्रयोगकर्ताको विश्वास जोगाउन हम्मे पर्नु नै हो ।

जतिबेला सामसुङ अफ्ठेरोमा परेको छ यसैबेला बजारमा नयाँ प्रतिस्पर्धाहरू जुरमुराएका छन् । सामसुङका अधिकांश फोनलाई सफ्टवयर उपलब्ध गराउँदै आएको गुगलले आफै हार्डवयरमा हात हालेको छ । उसले भरखरै बजारमा ल्याएका पिक्सेल फोन सामसुङको टाउको दुखाइ बनेका छन् । त्यस्तै नयाँ चिनियाँ कम्पनीका स्मार्ट फोन मध्यम र निम्न आय हुने मुलुकमा आक्रामक बजार बिस्तार गर्दै छन् । सामसुङको ठुलो बजार उनिहरूले खोस्ने सम्भावना पनि छ ।

विश्वासको प्रश्न

सुरक्षा संवेदनशीलतालाई सामसुङले सम्बोधन गर्दै तत्कालै सेट फिर्ता मागेपछि सामसुङप्रति धेरैले सहानुभूति दर्साएका थिए । सामसुङले सुधारेर पठाएका सेटमा समस्या नदोहोरिएको भए केही महिनामै उसले आफ्नो पुरानो साख फिर्ता गर्नेमा खासै शंका थिएन ।

छिटो चार्ज तर ब्याट्री टिकाउ हुने सेटको माग धेरै भएपछि यो वर्ष बजारमा निस्केका फोनहरू त्यसमा केन्द्रित भएका छन् । यसले ब्याट्रीमाथि क्षमता भन्दा अनावश्यक प्रेसर परेको विश्लेशक ठान्दछन् । नोट ७ यसैको नतिजा भन्दै अरू स्मार्टफोनले पनि ख्याल गर्नुपर्ने सुझाब छ ।

नोट ७ मा पहिले ब्याट्री र चार्ज सम्बन्धी समस्या देखाएको सामसुङले यतिबेला ‘अनुसन्धान भइरहेको’ बताएको छ । समस्या के हो र के भइरहेको छ भन्नेमा सामसुङ पारदर्शी नहुँदा उसकै विश्वास गुम्ने देखिएको छ । ब्याट्री वा चार्जिङ सिस्टममा नभइ नोट ७ को आधारभुत इन्जिनियरिङमा नै कमजोरी भएको अड्कल धेरैको छ ।

के भइरहेको छ भन्नेमा सामसुङ पारदर्शी नहुँदा उसकै विश्वास गुम्ने देखिएको छ । ब्याट्री वा चार्जिङ सिस्टममा नभइ नोट ७ को आधारभुत इन्जिनियरिङमा नै कमजोरी भएको अड्कल धेरैको छ ।

के होला अब?

अहिलेको आर्थिक नोक्सानी समाल्न सामसुङलाई मुस्किल छैन् । मुख्य कुरो नोट ७ को विकल्पमा उसले बजारमा के ल्याउन सक्छ भन्ने हो । सन २०१७ मा रिलिजको तयारीमा रहेको नोट ८ लाई छिट्टै बजारमा ल्याउन सके सामसुङको साख जोगिने एकथरीको तर्क छ । एकथरीको अनुमान भने अब नोट सेरिज नै अन्त्य गरेर नयाँ सेरिजमा केहि रेभुलेसनरी फिचर्स सहित नआई हुदैन भन्ने छ ।

सामसुङले छोटो समयमै महत्वपूर्ण कदम चालेन भने नोकिया र ब्लाकबेरीको बाटोमा नजाला भने भन्न सकिन्न ।


क्लिकमान्डु