१३ हजार किलोमिटर समुद्रमुनि फाइबर बिछ्याउँदै गुगल र फेसबुक



optic_fiber

हंककङदेखि लस एन्जलससम्म करिब १३ हजार किलोमिटर दूरीमा समुद्रमुनि अप्टिक फाइबर बिछ्छाउन गुगल र फेसबुकले सहकार्य गर्ने भएका छन् । एसिया र अमेरिका बीच अहिलेसम्मकै लामो र सबैभन्दा तिब्र गतिमा डेटा ट्रान्फसर गर्न सक्ने यो परियोजना सन २०१८ देखि सञ्चालनमा आउने छ ।

प्यासेफिक लाइट केबल नेटवर्क नाम दिइएको यो फाइबर कनेक्सनमा प्रतिसेकेन्ड १ सय २० टेराबाइट डेटा ट्रान्सफर गर्न सकिने छ । दुइ ठुला इन्टरनेट कम्पनीको सहकार्यले इन्टरनेट स्पीडमा ब्यापक सुधार आउनुको साथै मुल्य पनि सस्तो पर्ने छ ।

संसारभर रहेका आफ्ना डेटा सेन्टरबीचको कनेक्सन र प्रयोगकर्तालाई द्रुत सेवा दिन अहिले ठुला इन्टरनेट कम्पनीहरू दबाबमा छन् । यसको सामना गर्न आफ्नै प्रतिश्पर्धी कम्पनीहरूको सहकार्यमा पनि धमाधम समुद्रमुनि फाइबर बिछ्छाउन थालिएको छ ।

फेसबुक र माइक्रोसफ्टले केहि महिना अगाडी नै एट्लान्टिक ओसनमा साढे ६ हजार किलोमोटर फाबर बिच्छाउन सहकार्यको घोषणा गरेका थिए । नाफामुखि कम्पनीहरूले यसरी सहकार्य गरी बिछ्छाएको फाइबर लाइनमा प्रयोग भएभन्दा बढि अरू कम्पनीहरूलाई भाडामा दिने गर्दछन् ।

नेपाललाई के फाइदा?

दुई महादेश जोड्ने इन्टरनेट कनेक्सनमा सुधार हुदाँ त्यसको प्रत्यक्ष्/अप्रत्यक्ष फाइदा नेपाललाई पनि पुग्छ । नेपालले इन्टरनेट ब्यान्डबिथ खरिद गर्दा अहिले भन्दा सस्तो दरमा पाउने छ । अहिले ब्यान्डविथ खरिदमा भारतमा निर्भर रहेको नेपालले त्यसको विकल्प खोजीरहेको छ ।

हंकङबाट सिधै र बंगलादेशबाट पनि इन्टरनेट ब्यान्डविथ खरिदमा तयारी गरिरहेको नेपालले बेलैमा चीन हुँदै हङकङसम्मको पूर्वाधारमा चासो दिने हो भने यस्ता परियोजनाबाट प्रसस्तै फाइदा लिन सकिन्छ ।


क्लिकमान्डु