हेलमेट चाहिँदैन, स्ट्यान्ड छैन: बिएमडब्लुको नयाँ बाइक



bmw-motorrad-vision-100-2

सबै वाइक निर्माता कम्पनीले आफ्ना चालकहरूको सुरक्षामा बिशेष ध्यान दिएरै निर्माण गरिरहेका हुन्छन् । तर अझै पनि सबैभन्दा असुरक्षित सवारी मध्येमा मोटर बाइक नै पर्छ । जर्मन कार निर्माता कम्पनी बिएमडब्लुले निर्माण गरेको नयाँ बाइकले भने मोटर बाइको इतिहासमै फड्को मार्ने भएको छ ।

बिएकडब्लुले आफ्नो स्थापनाको एक शताब्दी पुगेको अबसरमा निकाल्न लागेको मोटोरेड भिजन नेक्स १०० मोडेलको बाइक स्ट्याड विनै वाइकलाई राख्न मिल्ने र हेल्मेट विना चलाउदा पनि चालकको सुरक्षा गर्ने किसिमको बाइकको प्रोटोटाइप निर्माण गरेको छ । प्रदूषण न्युनिकरणका लागि हिसाबले पनि यो अत्यन्त उपयोगी छ । यसले शुन्य उत्सर्जन गर्छ ।

उक्त बाइकका डिजाइन डाइरेक्टर एड्गर हेन्रिचका अनुसार बाइक रोकेपछि वाइक आफैंले आफुलाई सन्तुलित गरेर राख्छ भने कुनै कुरासँग ठोक्किदा पनि बाइक ब्यालेन्समै बस्छ । जसको कारण चालकले हेल्मेटको प्रयोग नगर्दा पनि आफुलाई सुरक्षित नै राख्न सक्छन् ।

यो वाइक चलाउँदा चालकले डिजिटल भाइजर भएको चश्माको भने प्रयोग गर्नु पर्छ । उक्त चश्माको चार स्थानमा विभिन्न किसिमका डिस्प्लेहरु रहेका हुन्छन् । जुनकुरा चालकको हेराइ अनुसार परिवर्तन भैरहन्छ । यदी चालकले माथी हेरेमा बाइकको गति, मोडिने स्थान र वरिपरी र पछाडीको गतिविधिका बारेमा चालकले जानकारी पाउँछ । तल हेरेमा नक्शा र रुटहरु आउने गर्छ ।

मोटरसाइकलका धेरै निर्माता कम्पनीहरुले आफैं अडीने किसिमका वाइकहरुको निर्माण गर्न लागि रहेको अवस्थामा बिएमडब्लुले छलाङ मारेको छ । अहिले प्रोटोटाइपमा निर्माण गरेको यो बाइक केही बर्ष पछि मात्र अन्तराष्ट्रिय बजारमा आउने छ ।

bmw-vision-next-100-bike_827x510_61476266914

bmw-vision-next-100-bike_827x510_41476267092


क्लिकमान्डु