ड्रोनले बोक्न थाल्यो रगत र औषधी, दुर्गम बस्तीमा तत्कालै पुग्ने



drone_medicine

रगत र सामान्य औषधीको अभावले ज्यान जाने संसारका ग्रामीण बस्तीलाई खुसीको खबर छ ।अफ्रिकी मुलुक रूवान्डाले यसै साता पहिलोपटक ब्यबसायिक रूपमा मानव रहित जहाजबाट रगत र औषधी गाउँ-गाउँ पुर्‍याउने अभियान सुरू गरेको छ । यो अभियान सफल भयो भने नेपाल जस्ता मुलुकले सिको गर्न सक्नेछन् ।

शुक्रबार रुवान्डाको मुहाङ्गा जिल्लाबाट सुरू गरिएको यो सेवाले अहिले स्थानीय २१ स्वास्थ्य संस्थामा दैनिक १५० पोका रगत पुर्‍याउने छन् । स्वास्थ्यकर्मीले एसएमएसबाट माग गरेको ३० मिनेट भित्रै रगत पुर्‍याउने गरी अहिले १५ ड्रोनलाई प्रयोगमा ल्याइएको छ ।यो कार्यक्रमलाई सन २०१७ भित्र देशभर लागु गर्ने रुवान्डाको योजना छ ।

अमेरिकाको जिपलाइन कम्पनीले निर्माण गरेको यि ड्रोनले जिपिएस नेभिगेसन अनुसार यात्रा गर्छन् ।  उक्त ड्रोनले सम्बन्धित क्षेत्रमा पुगेपछि प्यारासुट मार्फत औषधि र आवश्यक सामग्रीहरू झार्ने गर्छ । फिक्ड विङ्स स्टाइल भनिने जहाज जस्तो देखिने यो ड्रोन एक पटकमा लगातार १ सय ५० किलोमिटरको दुरीसम्म पुग्छ र आफ्नो पुरानो स्थानमै फर्किन्छ । ड्रोनको अग्र भागमा ब्याट्री छ भने पुछारको भागमा सामान लोड गरिन्छ ।

यी ड्रोनलाई उडाउन सुरूमा उत्तोलकको प्रयोग गरिन्छ । उडाउँदा सोझै माथी जाने र वरिपरि कसैसँग नठोकिने गरि यसलाई उडान भराइन्छ । मानव सवार जहाजमा नठोक्किस भनेर जमिनबाट ५ सय फिटको उचाइसम्म मात्र यो उड्न सक्ने बनाएको छ ।

रगत र औषधी पुर्‍याएको आधारमा जिपलाइन कम्पनीले रूवान्डा सरकारसँग ढुवानी शुल्क लिने छ । ड्रोनमा औषधि पुर्‍याउन अहिले एम्बुलेन्स वा मोटर बाइकमै पुर्‍याउदाँ बराबर नै खर्च लाग्ने कम्पनीले जनाएको छ ।

अन्य मुलुकको अनुभव

drone_1गत जुलाइ देखि अमेरिकी सरकारले भर्जिनियाका बिकट गाँउमा औषधी पुर्‍याउन ड्रोनको प्रयोग सुरु गरेको थियो ।भर्जिनिया हेक्साकप्टर ड्रोनको प्रयोग गरिएको छ ।अफ्रिकी मुलुक हाइटीमा एक अमेरिकी कम्पनीले यसको प्रयोग सानो गरिरहेको छ ।रगत र इमर्जेन्सी सुई पुर्‌याउन अत्यन्तै प्रभावकारी देखिएका ड्रोनको प्रयोग ब्यापक बनाउन प्रयास भएपनि सुरक्षा र गोपनियताको विषयमा सरकारहरू अझै ससंकित छन् ।

भिडियो हेर्नुहोस्

 


क्लिकमान्डु