यी मोबाइल सेट, जुन खल्ती र मन दुबैमा बसे



nokia_1100

स्मार्टफोन कम्पनीका ‘फ्लागसिप’ मोडल हप्तैजस्तो बजारमा आउन थालेपछि अहिले धेरैको खुलदुली कुन मोडलमा लगानी गर्ने भन्ने हुन्छ । एक कम्पनीले ‘सप्राइज्ड फिचर्स’ सहित ल्याएको फोन केही दिन नपुग्दै अर्को कम्पनीले ‘आउटडेटेड’ सावित गर्दिन्छ । तर एक दशक अगाडिको बजार यस्तो थिएन । एउटै मोडलको फोन वर्षौं गोजीमा मात्र बस्दैनथे मनमा पनि बस्थे । सबैभन्दा बढि सम्झिइने केही मोडल यस्ता छन् ।

१. नोकिया ११००

सन २००३ मा नोकिया कम्पनीले बजारमा ल्याएको यो मोडल संसारका सबैभन्दा बढि बिक्री भएको र सस्तो सेट मध्येमा पर्छ । यो सेट २५ करोड थान बिक्री भएको थियो । ५० वटासम्म टेक्ट म्यासेज राख्न मिल्ने यो सेटमा फ्ल्यास लाइटको पनि सुविधा थियो । यसमा भएका राम्रा रिङटोनको संग्रहले पनि प्रयोगकर्ताको मन तानेको थियो ।

nokia_3310२. नोकिया ३३१०

नोकियाको अर्को फोन ३३१० सन २००० मा बजारमा आएको थियो । यो सेटपनि संसारभर १२ करोड ६ लाख संख्यामा संसारभर बिक्री भएको थियो । क्यालकुलेटर, नेटवर्क मोनिटर, स्टपवाच जस्ता फिर्चस त्यो बेला यो सेटमा भएका विशेष सुविधा थिए । यसमा ४ सय ४९ क्यारेक्टर सम्म टेक्ट म्यासेज पठाउन सकिन्थ्यो जुन त्यतिबेलाका अरू सेटमा थिएन ।

 

ericsson-t18३. इरिक्सन टी २८

सन १९९९ मा बजारमा आएको इरिक्षन टओ २८ त्यो बेलाको सबैभन्दा पालतो फोन थियो । यसको तौल जम्मा ८३ ग्राम मात्र थियो । यसमा २ सय ५० जना सम्मको फोन नम्बर सुरक्षित गर्न सकिन्थ्यो ।

 

moto४. मोटोरोला स्टार ट्याक

संसारभर ६ करोड सेट बिक्री भएको मोटोरोला स्टार ट्याक सन १९९६ देखि बजारमा आएको थियो । त्यतिबेला १ लाख रूपैयाँ भन्दा बढि पर्ने यो सेट फोल्डिङ सुविधा भएका कमै सेट मध्येमा पर्थ्यो । सबैभन्दा पहिला रिङ टोनको सट्टा भाइब्रेसन प्रयोग गर्ने सुविधा यसै सेटबाट सुरू भएको हो ।

 

nokia_6600५. नोकिया ६६००

सन २००३ मा बजारमा आएको नोकिया ६६०० मोडलको सेट त्यो बेलाको लक्जरियर्स सेट मध्येको थियो । ६ एमबी इन्टरनल स्टोरेज भएको यो सेटमा एक्ट्रनल मेमोरी पनि प्रयोग गर्न मिल्थ्यो । स्टील र भिडियो खिच्न मिल्ने क्यामेरा थियो । तर भिडियो बढिमा २७ सेकेन्ड अर्थात ९५ केबि सम्मको मात्र खिच्न मिल्थ्यो ।

 

६. ब्ल्याककबेरी ८१००

१.३ मेगापिक्सेल क्यामेरा सहितको ब्ल्याकबेरी ८१०० सन २००६ मा बजारमा आयो । यो सेटमा २४० x २६० पिक्सेलको कलर डिस्प्ले थियो । विशेष सुरक्षा विशेषता भएका कारण यो सेट सबैभन्दा बढि विजनेश क्यासले रुचाएको थियो ।

 

iphone७. आइफोन (पहिलो जेनेरेसन)

एप्पल कम्पनीले सन २००७ मा आइफोन पहिलो जेनेरेसन स्मार्ट फोन बजारमा ल्याएको थियो । ६१ लाख सेट संसारभरबाट बिक्री भएको यो सेट अहिलेको स्मार्टफोन संसारको प्रथान बिन्दु नै थियो । मल्टि सेन्सर टच स्क्रिन, डिजिटल किबोर्ड जस्ता फिचर्ससहितको आइफोन मोबाइल फोनको बजारमा सर्प्राइज्ड इन्ट्री थियो ।


क्लिकमान्डु