नयाँ उपकरण कबाडीमा बेचियो, विभागले छानबिन गर्दै



used

खोटाङ । जेनेरेटर, कम्प्युटर लगायत करोडौंका उपकरण जिल्ला अस्पताल खोटाङबाट कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि स्वास्थ्य सेवा विभागले छानबिन अगाडि बढाएको छ । लिलामीमा गएका कतिपय उपकरण एक पटक पनि प्रयोगमा नआएका छन् ।

२ जेनेरेटर, ७ डेक्सटप कम्प्युटर, २ फ्याक्स मेसिन, १ भिडियो क्यामेरा, १ फोटोकपि मेसिन लगायतका १ सय १२ थान सामानको जम्मा २६ हजार रूपैयाँमा जिल्ला जनस्वास्थ्य कार्यालयले लिलामीमा बिक्री गरेको थियो । ‘ती मध्ये कतिपय सिल समेत नखोलेका नयाँ भेटिए’ छानबिनमा संलग्न सदश्यले सञ्चारकर्मीलाई जानकारी दिए ।

गत फागुनमा लिलाम बिक्री गरिएका ती उपकरण बिक्रीमा ‘घोटला’ भएको सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागका ३ सदस्यीय छानबिन टोली पठाएको हो । विभागका उपसचिव बाबुराम लामिछानेको नेतृत्वमा इन्जिनियर पङ्कजकुमार झा र लेखा अधिकृत सीताराम दुलाल छानबिन समितिमा छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा समितिले केही लिलामी भएका सामान जफत समेत गरेको जानकारी दिइएको छ ।


क्लिकमान्डु