ताल्चा काट्ने चोरलाई ठेगान लगाउने प्रविधि



skunklock-600x382

ताल्चा नै काटेर चोरी गर्ने चोरलाई ठेगान लगाउने गरी अमेरिकाको साँनफ्रान्सिस्कोका एक व्यक्तिले नयाँ प्रविधि विकास गरेका छन् । उनले विकास गरेको खासगरी साइकलका लागि उपयुक्त हुने यस्तो ताल्चा फोडेर चोरी गर्न लागेमा ताल्चाबाट ग्याँस फ्याकेर चोरलाई भगाउन सक्ने किसिमको रहेको छ ।

फण्डिङ साईट ईण्डिगोगोका लागि रकम जम्मा गर्न अनलाइन मार्फत बिक्रीका लागि आएको उक्त ताल्चा साइकल चोरीका घटनालाई कम गर्ने देखिएको छ । पश्चिमी मुलुकहरूमा साइकलको चोरीका घटनाहरू बढी रहेको देखेर ड्यानियल इडजोकोवस्किले उक्त ताल्चा निर्माण गरेका हुन् ।
सवारी साधनमा लगाउन मिल्ने उक्त ताल्चा चोरले काटेपछि ताल्चामा रहेको ग्याँस बाहिर आउँछ । अत्यधिक गन्हाउने उक्त ग्याँस तीब्र गतिमा आएपछि उक्त ग्याँसले आँखा पोल्ने र बान्ता गराउने गर्छ । परीक्षणमा ग्याँस मास्क लगाएर हेर्दा समेत यसको गन्धलाई रोक्न सकेन । अझ यो ग्याँस परेको लुगा लामो समयसम्म दुर्गन्धित रहिरहन्छ ।


क्लिकमान्डु