पोखरा हुँदै छ सोलार बत्तीले झिलिमिली



solar-street

पोखरा । पर्यटकिय सहर पोखराका सडक अब सोलार बत्तिले झिलिमिलि हुने भएको छन् । आगामी एक वर्षभित्र सडकका एक हजार पोलमा सोलार बत्ति जडान हुनेगरी उपमहानगरपालिकाले काम अगाडी बढाएको छ ।

विजयपुरदेखि हलनचोक सम्मको सडकमा सोलार बत्ति राख्न उपमहानगरपालिका र तिब्बत सरकारबीच सम्झौता भएको छ । १५ करोड रूपैयाँको उक्त परियोजनाका लागि उपमानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत नवराज ढुङ्गाना र तिब्बत सरकारका तर्फबाट वैदेशिक विभागका उपनिर्देशक मा कुविन सिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी पुस बाट सुरू गरेर १ वर्षभित्र १ हजार बत्ति जोडिसक्नु पर्ने छ ।


क्लिकमान्डु