ट्वीटरको संकट चुलियो, ८ प्रतिशत कर्मचारी कटौती



twitter

लोकप्रिय सामाजिक सञ्जाल ट्वीटर थप संकटमा फस्दै गएको छ । प्रयोगकर्तामाझ लोकप्रियता बढ्दै गए पनि आर्थिक मुनाफा कमाउन नसक्दा ट्वीटरको भविश्यमाथि नै खतराको संकेत दखिएको छ ।

सक्रिय ३० करोड प्रयोगकर्ता रहेको ट्वीटरले आफ्नै कमाइबाट नाफा कमाउन नसके पछि पछिल्लो समय ठुला टेक कम्पनीलाई बिक्रीका लागि पहल गरेको थियो । धेरै कम्पनीले ट्वीटर खरिदमा चासो राखे । तर कुनै पनि कम्पनीले बिक्रीको प्रस्ताव स्वीकार नगरेपछि ट्वीटरको संस्थापन थप संकटमा फसेको देखिएको छ ।

पछिल्लो चौमासिक आय विवरणलाई आधार मानेर कर्मचारी कटौतीको निर्णय गरेको ट्वीटरले जनाएको छ । आगामी एक सातामा कम्पनीका ८ प्रतिशत अर्थात ३ सय कर्मचारीको अवकाश प्रक्रिया सुरू हुने छ । गत बर्ष पनि आफ्नो घाटालाई कम गर्न ३ सय ३६ कर्मचारीहरूको कटौती गरेको थियो ।

ट्वीटरको अहिले मार्केट क्यापिटल १३.३ बिलियन अमेरिकी डलर छ ।  अरू प्रतिश्पर्धी सोसल प्लेटफर्मले बजारमा छलाङ मार्दा ट्वीटरको आय उत्साहजनक देखिएन । सुरूवातदेखि नै ‘घाटाको व्यापार’ गर्दै आएको ट्वीटरले ल्याएका ‘स्पोन्सर्ड ट्वीट’, विज्ञापन र  ‘पार्टनसिप’ व्यपार मोडालिटीले नाफातिर डोर्‍याउन सकेनन् । त्यसैले ट्वीर व्यबस्थापन बिक्रीको टंगोमा पुगेको थियो ।

टि्वटर किन्ने होडमा चलेका टेक कम्पनीहरू फेसबुक, सेलफोर्स वाल्ड डिज्ने, गुगल र माइक्रोसफ्ट पनि अगाडी सरेका थिए । कुरो नमिलेपछि अहिले सबैजसो कम्पनीले ‘डिल’ बाट हात झिकीसकेको बताएका छन् ।


क्लिकमान्डु