माइक्रोसफ्टको ‘स्टनिङ’ डेक्सटप, म्याकबुकमाथि चर्को दबाब



surface

कम्प्युटर अपरेटिङ सिस्टमको बजारमा एकछत्र रजाई गर्दै आएको माइक्रोसफ्टले हार्डवेयर दुनियाँमा पनि सशक्त उपस्थितिको लक्षण देखाएको छ । बुधवार माइक्रोसफ्टले सार्वजनिक गरेको ‘सरफेस स्टुडियो’ अहिलेसम्म बजारमा लिड गरिराखेको एप्पलको म्याकबुकलाई ठुलै टाउको दुखाई हुने देखिएको छ ।

अहिलेसम्मकै पातलो एलसिडी मोनिटरसहितको ‘अल इन वान’ डेक्सटप केही एक्साइटिङ हार्डवयर फिचर्स सहित बजारमा आएको छ । सरफेस स्टुडियो सँगै माइक्रोसफ्टले विन्डोज १० को नयाँ भर्सन, सरफेस बुक ल्यापटप, नयाँ भर्चुवल रियालिटी हेडसेट र नयाँ सरफेस डायल पनि सार्वजनिक गरेको छ ।

के छ सरफेस स्टुडियोमा?

मोनिटर

२८ इन्चको एलइडी टच स्क्रिन रहेको मोनिटर जम्मा १२.५ मिमि मात्र बाक्लो छ । ४५००० X ३००० स्क्रिन रेजुलेसन रहेको मोनिटरमको डिस्प्ले आउटपुट १३.५ मिलियन पिक्सेल छ जुन फोर के टेलिभिजन भन्दा ६३ प्रतिशत बढि हो ।

माउस अर्थात सरफेस डायल

माइक्रोसफ्टले सरफेस स्टुडियो पर्सनल कम्प्युटरलाई हुने किसिमले नयाँ किसिमको माउस (सरफेस डायल) लाई पनि सार्वजनिक गरेको छ । आइस हक्कीमा प्रयोग हुने पुक वा क्यारेम बोर्डको गोट्टी आकारको माउस यसको अर्को आकर्षण पक्ष रहेको छ ।

यसलाई स्क्रिनमा राखेर स्क्रोल, जुम वा जुन किसिमको कामका लागि पनि प्रयोग गर्न सकिन्छ । यदी कसैले पेन्टिङ टुल्सलाई चलाईरहेको छ र त्यसको माथी सरफेस डायललाई राखेमा रंगको छनोट गर्न लगाउँछ भने जब प्रयोगकर्ताले यो डायललाई धुमाउँछन् यसले जुम इन र जुम आउट गर्छ । करिब साढे १० हजार रूपैंया पर्ने यो डायल सरफेसमा पेन प्रयोग गर्नेहरूलाई अझ बढी उपयोगी रहेको छ ।

कोर हार्डवेयर

छैटौं पुस्ताको इन्टेल कोर आइ फाइब अथवा आई सेभेन स्काइल्याक प्रोसेसरमा उपलब्ध सरफेस स्टुडियोमा १ अथवा २ टेरावाईट हार्ड ड्राइभ रोज्न सकिने छ । ८, १६ र ३२ जिबी र्‍याम, एनभिडियाको २ वा ४ जिबीको ग्राफिक्स कार्ड छनौट, फुल एचडी भिडियो खिच्ने ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा लगायतका हार्डवयरले एउटा अब्बल ‘मल्डिमिडिया पिसी’ बनेको छ ।

डिजाइन

सरफेस स्टुडियो हेर्दा आकर्षक मात्र नभएर प्रयोगकर्तालाई काम गर्दा रोमाञ्चकता दिने किसिमको पनि छ । यसको स्क्रिन शुन्य गुरुत्वाकर्षणमा झुण्डिएको भान दिने किसिमको रहेको छ । यसलाई प्रयोगकर्ताले पर्सनल कम्प्युटरको रुपमा काम गर्दा गर्दै यसलाई ड्रइङ गर्ने चार्ट देखि ड्राफि्टङ बोर्डमा परिणत गर्न सक्छन् । यो वाहेक यसलाई जुनसुकै एन्गलवाट पनि काम गर्न सकिन्छ  ।

स्टुडियोमा गर्ने कामहरू ग्राफिक्स, एनिमेसन लगायत विभिन्न काम गर्नेलाई अत्यन्तै उपयुक्त देखिएको सरफेस स्टुडियो डेक्समा पर्सनल कम्प्युटरका साथै फोल्ड गरेर ट्याबलेट जस्तो गरि समेत प्रयोग गर्न सकिन्छ ।

यस अगाडि ल्यापटपमा मात्र ल्याएको सरफेसलाई माइक्रोसफ्टले पर्सनल कम्प्युटरमा पनि हात हालेर यो क्षेत्रमा आफ्नो पुरानो ‘इनोभेटिभ’ छविलाई अझ बलियो बनाउन लागेको देखिएको छ ।

 मूल्य

अन्तराष्ट्रिय बजारमा हार्डवेयर छनौट अनुसार ३  देखि साढे ४ लाख नेपाली रूपैयाँको हाराहारीमा यसको  मूल्य तोकिएको छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=BzMLA8YIgG0

 


क्लिकमान्डु