कस्ता देखिन्छन् भविष्यका साइकल ?



काठमाडौं, २९ कात्तिक । यदि तपाइले गत शताब्दीका साइकलका विभिन्न ढाँचाहरुमा आँखा डुलाउनु भयो भने खासै फरक महसुस गर्नुहुने छैन ।
साइकल बनाउन प्रयोग हुने विभिन्न बस्तुहरु जस्तो फलाम, काठ आदि विस्थापित भइ कार्बन फाइबर, आलमुनियम फ्रेम इत्यादिको प्रयोग भएपछि साइकलको आधारभूत ढाँचा सहजतामा भने २० औं शताब्दीको सुरुआती ढाँचाभन्दा खासै फरक आएको छैन ।
तर युसिआइ (विश्व साइकलको नियामक निकाय) ले गरेको केही नियम परिवर्तनका कारण भने हामी अब साइकलको आकारलाई लिएर नयाँ युगमा प्रबेश गर्ने आवश्यकतामा छौं । cycle-1
साइकल विक्लीका अनुसार युसिआइले ३ः१ अनुपातको नियम खारेज गर्दैछ, जसले साइकलको नलि लगायतका अरु पाटपूर्जाहरुको लम्बाइ र चौडाइको अनुपात ३ः१ भन्दा बढी हुन नपाउने ब्यवस्था गरेको थियो । अर्थात यो नियमले विपरित दिशाको वायु प्रवाहको गतिमा ल्याउन सक्ने अवरोधको न्युनिकरणको लागि बनाइने विभिन्न आकारका साइकलहरुमाथि नियन्त्रण अथवा प्रतिबन्ध लगाएको थियो ।
परम्परागत रुपमा साइकलमा नविनता उच्च तहबाट सुरु हुने र अनि मात्र सर्वसाधारणको प्रयोगमा आउने गरेको छ । त्यसैले नियमको अबरोध खुलेपछि साइकलका डिजाइनहरु हदै विस्तारै सर्वसाधारणसम्म नयाँ आकारका साइकलहरु पुग्ने अपेक्षा गर्न सकिन्छ ।cycle-3
संसारका धेरै साइकलका डिजाइन र उत्पादकहरु यो नियमको खारेजीको प्रतिक्षारत थिए । अब ३ः१ अनुपातको नियम खारेजीसँगै ६.८ केजी तौलको सीमा पनि घटाइने आशा गर्न थालिएको छ । जसले डिजाइनहरुलाई साइकलको तौल घटाइ बढी गतिमा कुद्न सक्ने साइकल निर्माणको बाटो खुल्ला हुनेछ ।
गत महिना एक क्यानेडिएन कम्पनीले प्राविधिक रुपमा सवैभन्दा उन्नत, जसमा ३ः१ अनुपातको नियम पालना गरिएको छैन भन्दै पिएक्सएस नामक साइकल सार्वजनिक गर्यो । यसलाई लन्डनको एक प्रदर्शनीमा प्रदर्शन गरिनेछ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु