कसरी सुरक्षित बनाउने स्मार्टफोन र इन्टरनेटको प्रयोग ?



smartphone
काठमाडौं । इन्टरनेट र स्मार्ट फोन हाम्रो दैनिकीको एक हिस्साको रुपमा विकसित भइसकेको छ । हाम्रो दैनिकीसँग सिधै सम्बन्ध राख्ने इन्टरनेट र स्मार्ट फोनको प्रयोग कतिको सुरक्षित छ भनेर हामी बारम्बार चर्चा गर्ने गरका छौं । तर आजसम्म हामीले आफ्नो स्मार्ट फोन र इन्टरनेट सुरक्षका लागि के कति कार्य गरेका छौं ।

इन्टरनेट प्रयोग सुरक्षित बनाउका लागि इन्टरनेट प्रयोगकर्ताले इन्टरनेट प्रयोग गर्नुपूर्व यी कुरामा ध्यान दिनुहोस् ।

पासवर्ड– कुनै पनि एकाउन्ट सञ्चानका लागि पासवर्डको आवश्यक पर्छ । पासवर्ड अरुले सिजिलै पत्ता लगाउन सक्ने खालको राख्नु हुँदैन । पासवर्डलाई सुरक्षित बनाउन किबोर्डमा रहेको स्पेसल क्यारेक्टर, डिजिट, क्याप्स र स्मल सबैको प्रयोग गर्ने र आफूलाई मात्र सम्झना हुने पासवर्ड राख्ने । प्रत्यक महिना पासवर्ड परिवर्तन गर्ने ।

एन्टी भाइरस– एन्टी भाइरको प्रयोग गर्ने र समय समयमा एन्टी भाइरसलाई स्क्यान गर्ने ।

टु स्टेप अथोनिकेशन– जिमेल लगाएत केहि अनलाइनहरुले टु स्टेप अथोनिकेशन फिचर दिने गरेका छन् । यो फिचर भएको मोबाइल हराएमा वा चोरी भएमा अरुले अनलग गर्न सक्दैनन् । किन भने यसमा हरेक समय (ओटिपी) वान टाइम पासवर्ड आउँछ ।

डिभाइस लग– आफ्नो डिभाइसलाई सुरक्षित बनाउनका लागि फिङगर प्रिन्ट वा पिनको मद्दतले लग गरिराख्ने । जसबाट तपाईको गोपनियता र डिभाइसको सुरक्षा हुनेछ ।

एप्स इन्स्टोलेसन– कम्प्यूटर वा मोबाइलमा कुनै पनि एप्स इन्सटोल गर्नुभन्दा अगाडि भेरिफाइड पब्लिसरको हो कि हैन भनेर बुझ्न आवश्यक छ । त्यसबाहेका त्यो एप्सले मोबाइलबाट कस्तो खालको सूचना लिन्छ भनेर पनि हेर्न आवश्यक रहन्छ ।

राउटरको सुरक्षा– यदि तपाईको राउटर सुरक्षित छैन भने ह्याक हुने सम्भावना शतप्रतिशत रहन्छ । राउटर ह्याक भएको खण्डमा राउटरसँग जोडिएको सबै डिभाईसको पासवर्ड सजिलै चोरी हुने सम्भावना रहन्छ । त्यसैले राउटरलाई जतिसक्दो मजबुत बनाउने र पासवर्ड अनावश्यक मानिसलाई नदिने ।

इमेल, पोपअप, अनावश्यक लिङक– शंकास्पद मेल नखोल्ने । सिस्टम ह्याकका लागि सबै भन्दा सजिलो तरिका भनेकौ लिङकमाफ्त सिस्टमलाई कन्ट्रोलमा राख्ने हो । यसबाट बच्नका लागि इन्टरनेट प्रयोग गर्दा आफूलाई आवश्यक पर्ने लिङ्कमात्रै खोल्ने ।

अनलाइन पेमेन्ट– अनलाइनबाट सपिङ, रिर्चाज र पैसा पठाउँदा सावधानी अपनाउँनु पर्छ । चाहे इन्टरनेट बैंकिङ् होस वा डेबिट कार्डको प्रयोग गर्दा वेबसाइड सुरक्षित छ कि छैन भन्ने बुझेर मात्र प्रयोग गर्नुपर्छ । प्रयोग गर्ने वेबसाइडमा सेक्युरिटी डिजिटल सर्टिफिकेट र यूआरएल प्याड लग आइकोन भएको हुनुपर्छ ।

पब्लिक वाईफाई– कुनै पनि पब्लिक वाईफाईको प्रयोग गरिनहालौं । यसको माफ्त ह्याकरले तपाईको मोबाइलमा भएको डाटा सजिलै चोर्न सक्छ । त्यसैले पब्लिक वाईफाई प्रयोग गर्नुपूर्व यो सुरक्षित छ कि छैन भनेर बुझेरमात्र प्रयोग गर्नु होस् ।


पुष्प दुलाल