बन्यो हालसम्मकै छिटो कुद्ने विद्युतीय कार



electric-car

काठमाडौं । चीनको इलेक्ट्रिक कार निर्माता कम्पनी नेक्स्टइविल नियो इपि ९ नामको सूपर कार निर्माण गरेको छ । यो कार संसारको सबै भन्दा द्रुत कार भएको कम्पनीले दाबी गरेको छ ।

संसारको छिटो कार

नियो इपी ९ को स्पिड जाँच्नका लागि जर्मनीको चर्चित रेस ट्रयाकमा यसलाई कुदाइएको थियो । यस ट्रयाकको लम्बाई लगभग २० किलोमिटर रहेको छ । यस कारले यस ट्रयाकको चक्कर जम्मा ७ मिनेट ५.२ सेकेन्डमा पूरा गरेको थियो । यससँगै नियो इपी ९ ले सबैभन्दा छिटो ल्याप पूरा गर्ने किर्तिमान पनि आफ्नो नाममा राख्न सफल भएको छ । यस अघि यो किर्तिमान टोयटा टिएमजी इवी पी ००२ को नाममा रहेको थियो । जसले यो दुरी ७ मिनेट २२.३२९ सेकेन्डमा पूरा गरेको थियो ।

पावरफुल इलेक्ट्रिक कार

कम्पनीको दावी छ की नियो ईपी ९ को पावर एक मेगा वार्ट अर्थात् १३ सय ६० पीएस छ । यसमा चार इलेक्ट्रिक मोटर र चार गेयरबक्स राखिएको छ । यसको साहयताले यो कार ० बाट १ सय किलोमिटरको गति लिनका लागि जम्मा २.७ सेकेन्डको समय लिन्छ भने ७.१ सेकेन्डमा ० बाट २ सय किलोमिटरको गति लिन सक्छ । यसको टप स्पिड ३ सय १३ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ ।
यस कारमा इन्टरचार्जएवल ब्याट्री सिस्टम रहेको छ, जसले गर्दा यो जम्मा ४५ मिनेटमा चार्ज हुन्छ । एक पल्ट फुल चार्ज भएमा यो कार ४ सय २७ किलोमिटरको दुरी पार गर्न सक्छ ।

कार्बन फाइबरबाट निर्मित

इपी ९ मा अटोनोमस ड्राइभिङ टेक्नोलोजिमा प्रयोग हुने ई कन्ट्रोल स्ट्रक्चर र सेन्सर सिस्टम पनि रहेको छ । यसको निर्माणमा कस्टमाइज कार्बन फाइबरको प्रयोग गरिएको छ ।


क्लिकमान्डु