आइप्याड र आइफोन निर्माता कम्पनी एप्पलले अब स्वचालित कार बनाउने



apple-car

काठमाडौं । टेक्नोलोजी कम्पनी एप्पलले पहिलो पटक आधिकारिकरुपमा स्वचालित गाडी निर्माण गर्ने बताएको छ । स्वचालित गाडी निमार्णका लागि कम्पनीले धेरै लगानीसमेत गरिसकेको छ ।

एप्पलले पहिलेदेखि नै स्वचालित कार बनाउने भनेपनि हालैमात्र इन्टरनेटमा गाडीसँग सम्बन्धित रहेको डोमिन नेम दर्ता गरेको हो ।

एप्पलका प्रवक्ताका अनुसार एप्पलले अमेरिकाको नेस्नल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनलाई लेखेको चिठीमा स्वचालित गाडीको परीक्षण सम्बन्धी नियममा धेरै परिवर्तन नगरिदिन अनुरोध गरिएको छ ।

एप्पलले संसारभरका स्वाचालित गाडी निर्माण गर्ने कम्पनीलाई दुर्घटनाबाट बच्नका लागि प्रयोग गर्ने तरिका एकअर्कासँगको सहकार्यबाट अधिकतम सुरक्षित बनाउन पनि आग्रह गरेको छ ।

बीबीसीको सहयोगमा ।


क्लिकमान्डु