एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने



nlg-insurance

काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभासं दिने प्रस्ताव गरेको छ ।

कम्पनीको १९४औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको हो ।

सञ्चालक समितिले गरेको उक्त प्रस्ताव नियामक बीमा समिति र कम्पनी स्वयंको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।


क्लिकमान्डु