इन्टरनेटमा औंला खेलाएर बन्ने हो करोडपति ?



earning_from_social_media

काठमाडौं । इन्टरनेको पहुँच र प्रविधिको विस्तार सामाजिक सञ्जाल चलाउने र मनोरञ्जन गरेर दिन कटाउने बाटो मात्र नहुन सक्छ । मानिसहरुका लागि इन्टरनेटको प्रयोग आम्दानीको राम्रो श्रोत पनि हुने गरेको छ ।

इन्टरनेटमा औंला खेलाएर करोडौं डलर कमाइरहेका कयौं युवा यो संसारमा छन् भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ । फोब्र्स म्यागजिनले २०१६ मा निकालेको लिस्टमा केही यस्ता युवाहरु पनि समावेश छन्, जसले इन्टरनेटको माध्यमबाट करोडौं डलर कमाइरहेका छन् । अनलाइन नाम फिउडिपी र वास्तविक नाम फेलिस क्लेजवर्ग भएका एक स्विडिस युवाले जुन २०१५ देखि २०१६ सम्मको १२ महिनाको दौरान १५ करोडको आम्दानी गरेका छन् । २६ वर्षे यी युवाले गत वर्ष भन्दा आफ्नो आम्दानीमा २० प्रतिशतको वृद्धि गरेका छन् । उनी युटुवमा मनोरञ्जनात्मक भिडियोहरु अपलोड गर्ने गछन् ।

यस्तै युटुवमा प्राङ्क भिडियोहरु अपलोड गर्ने रोमन अटउज नाम गरका अर्का युवाले भने करिब ८० लाख डलरको आम्दानी गरेका छन् । उनको युटुव च्यानललाई १० लाख भन्दा धेरैले सब्सक्राइब गरेका छन् र उनले आफ्नो आम्दानी गत बर्ष भन्दा ७० प्रतिशतले वृद्धि गरेका छन् ।

यी र यस्ता अनेक उदारणहरु अहिलेको अनलाइन दुनियाँ पाउन सकिन्छ । युटुव र अरु सामाजिक सञ्जालहरुले केही बिकृति ल्याएपनि बदलिदो परिवेशमा युवाहरुको लागि अवसरको ढोका  पनि पक्कै खोलेको छ ।


क्लिकमान्डु