कसले खाला जयललिताको भारु १ अर्ब १३ करोडभन्दा बढीको सम्पत्ति ?



aamma33

काठमाडौं । ६८ बर्षकी जयललिताले आफ्ना लाखौं समर्थक र अन्नाद्रमुख पार्टीलाई छोडेर गएकी छिन् ।

अब आम रुपमा निश्चित ब्यक्तिहरुबिच उनको सम्पत्ति कति छ र त्यो कसलाई प्राप्त हुन्छ भनेर चर्चा भइरहेको छ ।

कानुनी रुपमा उनले कसैलाई वारिसनामा दिएको छ कि छैन भन्ने अझै यकिन भएको छैन । यसैकारण उनको सम्पत्ति कसले प्राप्त गर्छ भनेर अनेकौं अटकलबाजी भइरहेको छ ।

सन् २०१६ को विधानसभा निर्वाचनमा जयललिता चेन्नाइको डा. राधाकृष्णन नगर विधानसभाबाट चुनाब लडेकी थिइन । सो निर्वाचनको शिलशिलामा उनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग भएको कूल सम्पत्तिको मूल्य १ अर्ब १३ करोड ७३ लाख ३८ हजार ५ सय ८६ भारु बराबर थियो ।

उनका अनुसार यस्तो घोषणा गरेको समयमा जयललितासँग ४१ हजार भारु नगद थियो ।

यसबाहेक बैंकमा १० करोड ६३ लाख ८३ हजार ९ सय ४५ भारु थियो । जयललिताको सम्पत्तिमध्येमा २७ करोड ४४ लाख ५५ हजार ४ सय ५० रुपैयाँ बण्ड, डिभेन्चर र विभिन्न कम्पनीहरुको सेयर थियो ।
amma11
अर्काे रोचक पक्ष के छ भने जयललिताले आफ्नो बीमा गराएकी थिइनन् । र, अन्य कुनै कम्पनी, संस्था वा निकायले पनि उनको बीमा गराएको थिएन ।

चल सम्पत्तिमा जयललितासँग दुइटा टोयटा प्राडो एसएयुबी, एउटा कन्टेसा, एउटा एम्बेसडर, महिन्द्रा बोलेरो र महिन्द्रा जीप सहित जम्मा ९ गाडी छन् । जसको बजार मूल्य करिब ४२ लाख २५ हजार भारु हुने बताइएको छ ।

जयललितासँग केही गहना थिए । यसको जानकारी पनि उनले चुनाबको समयमा गराएकी थिइन । उनले गरेको घोषणा अनुसार उनीसँग करिब २१ केजी सुन थियो । जुन कर्णाटकको राजस्व विभागले जफत गरेको थियो ।

यो बाहेक जयललितासँग १ हजार २ सय ५० केजी चादीका गहना थिए । जसको बजार मूल्य करिब ३ करोड १२ लाख ५० हजार भारु हुने बताइएको छ ।

यो सबै मिलाएर जयललितासँग ४१ करोड भारु भन्दा बढीको चल सम्पत्ति छ । अर्काे रोचक कुरा यो पनि छ कि जयललिताले २५ बैंकमा खाता खोलेकी छिन् । यी खातामा उनको बैध आम्दानी भन्दा बढी सम्पत्ति जम्मा भएको आरोपमा उनका ७ बैंक खाता फ्रिज गरिसकिएको छ ।

जयललिताको ६ बैंक खातामा १/१ करोड भारुभन्दा बढी रकम छ । जबकि अन्य २ खातामा ९९/९९ लाख भारुभन्दा बढी रकम छ ।

अचल सम्पत्तिको कुरा गर्दा जयललिता पोएस गार्डेनमा बस्थिन् । यो उनको निजी निवास हो । जुन करिब २४ हजार बर्गफिटमा फैलिएको छ ।
amma22
यसको विल्टअप एरिया २१ हजार ६६२ बर्गफिट छ । जसको बजार मूल्य करिब ४३.९६ करोड भारु हुने बताइएको छ ।

यो घर जयललिताले सन् १९६७ मा आफ्नी आमासँग मिलेर करिब १ लाख ३२ हजार भारुमा किनेकी थिइन् ।

यो भबन बाहेक जयललिताको अचल सम्पत्तिमा ४ ओट कमर्शियल भवन पनि छन् । जसको बजार मूल्य १३ करोड भारुभन्दा बढी हुने अनुमान गरिएको छ ।

यो बाहेक तेलंगनाको हैदराबादमा १५.५ एकडको प्लट जमिन उनको नाममा छ । जसको बजार मूल्य १४.७८ करोड भारु अनुमान गरिएको छ । यो जमिन पनि जयललिताले आफ्नी आमासँग मिलेर सन् १९६८ मा १ लाख ७८ हजार ३ सय १३ भारुमा किनेकी थिइन ।

जयललिताको नाममा तमिलनाडूको काचीपूरम जिल्लामा ३.४३ एकड जमिन पनि छ । जसको बजार मूल्य ३४ लाख भारु भन्दा बढी हुन्छ ।

जयललितासँग भएको कूल अचल सम्पत्ति ७२ करोड ९ लाख ८३ हजार १ सय ९० भारु बराबरको छ । चल तथा अचल मिलाउदा जयललितासँग १ अर्ब १३ करोड भारु भन्दा बढी मूल्य बराबरको सम्पत्ति छ । रोचक पक्ष यो पनि छ कि उनले चुनाबी घोषणामा आफ्नो पेशा कृषि भएको बताएकी थिइन् ।

जयललिताले २.०४ करोड भारु कर्जा पनि लिएकी छिन् । उनले यो कर्जा इन्डियन बैंकबाट लिएकी हुन् । सुरुमा उनले १.३९ करोड भारु कर्जा लिएको भएपनि चुनाबको समयमा बढेर २.०४ करोड भारु पुगेको थियो ।

बिबिसीको तमिल सेवाका अनुसार जयललिताको सम्पत्ति खाने कोही हकदार थियो । तर हकदार अझै पत्ता लागेको छैन । यस्तोमा सवैभन्दा ठूलो सवाल यो हो कि जयललिताको सम्पत्तिमाथि कसको हक होला ?

कानुनी रुपमा शशिकला तथा उनका परितवारले जयललिताको सम्पत्ति माथि आफ्नो दाबी गर्न सक्दैनन् ।

सन् १९९६ मा भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले आम्दानी भन्दा बढी सम्पत्ति प्राप्त गरेको आरोप लगाएर उनीमाथि कानुनकी कारवाहीको प्रक्रिया सुरु गरेका थिए ।

१८ बर्ष पछि बैगलरुको विषेश अदालतले २७ सेप्टेम्बर २०१४ मा उनलाई दोषी करार गर्दै ४ बर्षको जेल सजाय र १ अर्ब भारु नगद जरिबानाको फैसला सुनाएको थियो ।

उनीमाथि सन् १९९१ देखि १९९६ सम्म पहिलो पटक मुख्यमन्त्री पदमा रहेको बेलामा ६६.६५ करोड भारु (३० केजी सुन र १२ हजार साडी सहित) आर्जन गरेको आरोप लगाइएको थियो । जबकि २०१५ को ११ मेमा कर्णाटक उच्च अदालतले उनलाई सफाइ दिएको थियो । बिबिसी हिन्दीबाट


क्लिकमान्डु