चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित



nabil_pragya

काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालद्वाराले २० मंसिरमा आयोजना गरिएको एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

नास्टको ३४ औं वाषिकोत्सवको उपलक्ष्यमा सो पुरस्कार वितरण गरिएको हो ।

यसरी पुरस्कृत हुनेहरुमा प्राडा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्राडा. कृष्णदास मानन्धर तथा प्राडा. श्रृजनलाल श्रेष्ठ रहेका छन् । उनीहरुलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पुरस्कृत गरिएको छ ।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसगंको भेटमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुर्याएको धन्यवाद दिदै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार ब्यक्त गरेका थिए ।

पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैयाँ रहेको छ । नास्टको उक्त समारोहमा जम्मा १७ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।


क्लिकमान्डु