सुर्खेतमा जेसीबीको नयाँ शाखा, मध्यपश्चिम क्षेत्रकाे बढ्दो माग सम्बोधन गर्न नयाँ शाखा विस्तार



jcb_surkhet1
काठमाडौं । नेपालको लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले सुर्खेतमा नयाँ शाखा सुरु गरेको छ । सो शाखाबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउने कम्पनीले जानकारी दिएको छ ।

मध्यपश्चिम क्षेत्रमा जेसीबी मेसिनहरुको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ शाखा विस्तार गरेको कम्पनीको भनाइ छ ।

नयाँ शाखाको उद्घाटन निर्माण व्यवसायी संघ, सुर्खेतका अध्यक्ष यमबहादुर बीसी र जेसीबी प्रोडक्ट सपोर्ट म्यानेजर बालकृष्ण बस्यालले संयुक्त रुपमा गरेका थिए । सुर्खेतमा शाखा विस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभर १० वटा स्थानबाट ‘थ्रि एस’ सुविधा दिन सक्ने भएको कम्पनीको बिज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु