पोखरामा बाबुराम भट्टराईमाथि जुत्ता प्रहार, को हुन् भट्टराईलाई जुत्ता हान्ने भट्टराई ?



baburam-bhattarai

पोखरा । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराईले बाबुराममाथि जुत्ता प्रहार गरेका हुन् ।

पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले आगन्तुक विद्यार्थीहरुको स्वागतमा बिहीबार अायाेजना गरेकाे कार्यक्रममा भट्टराईमाथि कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

‘कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए, बाबुरमले यस्ता नारा कति सुनियो सुनियो । उसलाई केही नगर्न आग्रह गरिरहेका थिए । तर त्यही अवस्थामा उनीमाथि जुत्ता प्रहार भयो,’ एक प्रत्यक्षदर्शीले क्लिकमाण्डूसँग भने ।

डा.भट्टराईमाथि जुत्ता प्रहार भएपछि नयाँ शक्तिका विद्यार्थीहरुले सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । बाबुरामका कार्यकर्ताले सञ्जिबमाथि हातपात गर्दा उनको अनुहारमा चोटपटकसमेत लागेको छ । उनले प्रहार गरेको जुत्ता डा. भट्टराईलाई भने लागेको थिएन ।


पुष्प दुलाल