फ्रान्सेली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक



काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालमा लगानीमैत्री वातावरण बनेकाले लगानी गर्नका लागि फ्रान्सेली कम्पनी आउने वातावरण बनाउन नेपालका लागि फ्रान्सेली राजदूत येम्स कार्मोनासँग आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा राजदूत कार्माेनाले फ्रान्सेली लगानीकर्ता कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।

नेपालको शान्ति प्रक्रिया र नयाँ संविधानका बारेमा पनि उहाँले गृहमन्त्री निधिसँग चासो राख्नुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।


पुष्प दुलाल