हुलाकी राजमार्ग पाँच वर्षभित्र बन्ने



दमक। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको समग्र विकासका लागि हुलाकी राजमार्ग अपरिहार्य भएको बता छन्  ।

झापाको गौरीगन्जस्थित गौरीगन्ज बजारमा आयोजित श्रीमद्देवीभागवत महापुराण धनधान्याचल नवाह ज्ञान महायज्ञको आज उद्घाटन गर्दै नेता सिटौलाले लामो र ऐतिहासिक महत्व बोकेको हुलाकी राजमार्ग निर्माणका लागि सरकारले धेरै काम अघि बढाइसकेकाले अब यसलाई प्राथमिकताका साथ पूरा गर्नुपर्नेमा जोड दिए ।

राजमार्ग निर्माणका क्रममा भारतीय ठेकेदारका कारण ढिलाइ भइरहेकाले अब भारत सरकारको सहयोगमा नेपाल सरकार आफैँले बाँकी काम अघि बढाउने उनले बताए ।

सो राजमार्गले अबको पाँच वर्षमा पूर्णता पाउने अवस्था रहेको बताइएको छ । विसं १९९० मा निर्माण भएको दुर्गा मन्दिरको पुनःनिर्माणका लागि महायज्ञको आयोजना गरिएको महापुराण आयोजना मूल समितिका संयोजक विश्वराज रिजालले जानकारी दिए । रासस


क्लिकमान्डु