‘आइएमइआइ लक्ड भएकै दिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन, भन्सार पनि तिर्छौं’



deepak_malhotra1

दीपक मलहोत्रा
अध्यक्ष, मोवाइल इम्पोटर्स एसोपसिएसन तथा आइएमएस प्रालि

मोवाइल इम्पोटर्स एसोसिएसन गठन गर्नुको उद्देश्य र आवश्यकता के हो ?

शुन्य भन्सार दरमा मोवाइल ल्याउन पाउने व्यवस्था छ । यस्तै बिक्री गरेको प्रमाण पेस गरेपछि त्यसको ६÷६ महिनामा भ्याट फिर्ता पाउने नीतिगत ब्यवस्था पनि छ । यस्तो हुनुको कारण अबैध मोबाइल फोन आयातलाई निरुत्साहित गर्ने र बैधानिक माध्यमबाट आयात बढाउने उद्देश्य सरकारको थियो । सुरुमा ६० प्रतिशत भन्सार फिर्ता गर्ने ब्यबस्था भएकोमा अहिले त्यसलाई घटाएर ४० प्रतिशतमा पुर्याइएको छ । यसले अबैध आयातको ग्रे एरियालाई नै बढावा दिएको छ ।

अर्काे कुरा के पनि छ भने हामीले पाएको भ्याटफिर्तालाई कर अधिकारीहरुले अतिरिक्त आम्दानीको रुपमा ब्याख्या गर्न थालेका छन् । हामीले पाएको भ्याटफिर्ता सुविधा उपभोक्तालाई दिएका छौं । तर कर अधिकारीहरु त्यो त तिमीहरुको अतिरिक्त नाफा हो, त्यो देखाउनु पर्छ, र त्यसको आधारमा अतिरिक्त कर तिर्नु पर्छ भनिरहेका छन् । यी दुइटा समस्या समाधानको लागि एक्लै भन्दा पनि संगठित भएर आफ्ना कुराहरु राख्दा राम्रो हुने सोचेर हामीले संघ स्थापना गरेका हौं ।

सरकारले करमा पेल्न थालेपछि संगठित बन्नु भएको ?

संघ बनाएर आफ्ना कुरा राख्दा सरकारले अलि गम्भीर भएर लिने गरेको छ । हामीले ३/४ वर्षअघिदेखि हरेक वर्ष बजेट आउने बेलामा संघ गठन गर्ने र आफ्ना कुरा बलियोसँग सरकारसमक्ष राख्ने योजना बनाउँदै आएका थियौं । तर, बजेट भाषण आएपछि सो कुरा सेलाइहाल्थ्यो । संघ गठन गर्नुपर्छ भन्ने पहिलो सोच मेरै हो । अरु साथीहरु पनि सहमत हुनुभयो । यसपालीको बजेटल भ्याट फिर्तालाई ४० प्रतिशतमा झारेपछि हामीलाई निकै कठिन भयो । यी सवै कारणको परिणमस्वरुप संघ स्थापना भएको हो ।

हामी भ्याट फिर्ता पनि चाहन्नौं । भन्सार पनि तिर्छौं । तर, सरकारले नेपालमा चोरी–पैठारीबाट आएका मोवाइल सेटहरु बिक्री वितरण हुँदैनन् भनेर ग्यारेन्टी गर्नुपर्यो । त्यो हो– आइएमइआइ लक्ड । सरकारले जुनदिन आइएमइआइ लक्ड लागू गर्छ त्यसैदिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन ।

हिजोका दिनमा सिमित आयातकर्ता हुँदा तपाइहरुको कुरा सुनुवाइ हुने र अहिले धेरै आयातकर्ता हुँदा झन सरकारले कुरा नसुन्ने भन्ने हुन्छ र ?

सन् २०११ सम्म त नेपाली बजारमा नोकिया पहिलो नम्बरमा थियो । त्यसपछि हालसम्म भने सामसुङको एकछत्र राज छ भन्दा फरक पर्दैन । जब स्मार्टफोन सुरु भयो तब नोकियाको प्लेटर्फम गलत सावित भयो । सामसुङले एनड्रोइडको प्लेटर्फम समातेपछि सामसुङ माथि जान थाल्यो । र, नोकिया तल झर्न थाल्यो । म जुन समस्याको कुरा उठाइरहेको छु, त्यो पाँच वर्षअघिको थिएन । पहिलाका सरकारी अधिकारीहरुले भ्याट फिर्ता उपभोक्ताका लागि हो भन्ने बुझे । तर, अहिलको अधिकारीहरुले त्यसरी बुझ्न सकिरहेका वा चाहिरहेका छैनन् । हरेक वर्ष बुझाइरहनु परेको छ ।

अर्थमन्त्रीको सफलता राजस्व उठाएको अनुपातमा मापन हुन थालेपछि यसको मार ब्यवसायीमाथि पर्न थालेको हो ?

हामी भ्याट फिर्ता पनि चाहन्नौं । भन्सार पनि तिर्छौं । तर, सरकारले नेपालमा चोरी–पैठारीबाट आएका मोवाइल सेटहरु बिक्री वितरण हुँदैनन् भनेर ग्यारेन्टी गर्नुपर्यो । यस्तो ग्यारेन्टी गर्ने बाटो एउटा मात्रै छ । त्यो हो– आइएमइआइ लक्ड । सरकारले जुनदिन आइएमइआइ लक्ड लागू गर्छ त्यसैदिनदेखि हामीलाई भ्याट फिर्ता चाहिँदैन । व्यवसायीहरुलाई भ्याट फिर्ता दिन नपरेपछि सरकारको राजस्व पनि वृद्धि हुन्छ । चोरीको फोन एक्टिभेट नहुने वित्तिकै हामी व्यवसायीहरुको पनि व्यवसाय विस्तार हुन्थ्यो । सबैलाई फाइदा हुन्थ्यो ।

deepak-malhotra1

नेपालमा चोरीको मोवाइलको बजार हिस्सा कति छ त ?

भ्याट फिर्ता गरेपछि सरकारलाई पनि फाइदा भएको छ । पहिलो ८० प्रतिशत रहेको ग्रे मार्केट अहिले १२÷१५ प्रतिशतमा खुम्चिएको छ । संख्यात्मक रुपमा त त्यो कम नै हो । तर, त्यसले सम्पूर्ण मोवाइल बजार विगार्छ ।

आइएमइआइ लक्ड भनेको के हो ? यसले कसरी काम गर्छ ?

नेपालमा हामीले २ कारणले आइएमइआइ सिस्टम लागू गर्न माग गरेका हौं । पहिलो सुरक्षाका दृष्किोणले र दोस्रो चोरी पैठारीबाट भित्रिएका मोवाइल फोनहरु रोक्नलाई । जस्तो म सामसुङको आधिकारिक डिस्ट्रव्यूटर हो । कम्पनीले मेरोमा फोन सेटहरु पठाउनुअघि सम्पूर्ण फोनको आइएमइआइ नम्बर मलाई पठाउँछ । त्यसरी कम्पनीले पठाएको नम्बर म नेपाल दूरसञ्चार प्राधिकरणलाई दिन्छु । प्राधिकरणले त्यो आइमेड नम्बर दूरसञ्चार सेवा प्रदायक (जस्तैः (एनसेल, एनटीटसी) लाई पठाउँछ । दूरसञ्चार सेवा प्रदायकहरुले आफ्नो सिस्टममा त्यो नम्बर इन्ट्री गर्छन् । र, मोवाइल फोनका ग्राहकहरुले सिम किनेर मोवाइल सेटमा हाल्दा सिस्टममा इन्ट्री भएको सेटमा मात्रै सिमकार्ड एक्टिभेट हुन्छ । नम्बर म्याच भएन भने त्यो फोन एक्टिभेट हुँदै हुँदैन । अर्थात् चोरी–पैठारीबाट आएको मोवाइल फोन नेपालमा चल्दैन ।

आइएमइआइ सिस्टम लागू भएपछि बैदेशिक रोजगारीमा रहेकाहरुले स्वदेश फर्किँदा साथमा ल्याएका फोन सेट नेपालमा एक्टिभेट हुन्छन् कि हुँदैनन् ?

यो विषय निकै संवेदनशील विषय छ । यो विषयमा के गर्ने भनेर पटक–पटक कुराहरु पनि उठिरहेका छन् । नेपाल सरकारले नै वैदेशिक रोजगारीमा रहेकाहरुले साथमा एउटा फोनसेट ल्याउन पाउने व्यवस्था गरेको छ । तर, यसमा विकृति के छ भने म्यानपारका मान्छेहरु एउटै फ्लाइटमा सयौं जना आउँछन् । उनीहरुले व्यापारीको फोन सेटहरु बोकेर ल्याइदिन्छन् । यहाँ व्यापारीहरुले कलेक्सन गर्छन् र बजारमा पठाउँछन् । जसले गर्दा यो विषय निकै कठिन पनि छ । कसैले व्यक्तिगतरुपमा मोवाइल फोन किनेर ल्याएको छ भने व्यक्तिगत रुपमै बिल पेस गरेपछि उसको मोवाइल सेट सिस्टमबाट एक्टिभेट गर्ने र बिल पेस गर्न नसकेका सेटहरुलाई सिस्टममा इन्ट्री नगराउने भन्ने कुरा छ ।

मोवाइल फोन धेरै नाफा लिनसक्ने वस्तु नै होइन । किनभने संसाभर मोवाइल फोनको तीब्र प्रतिस्पर्धा छ । नाफा अत्यन्तै कम भएकाले भ्याट घटाइदेउ भनेर सरकारसँग झगडा गरिरहेका छौं ।

अबैधानिकरुपमा भित्रिएका मोवाइल सेटहरुबाट कसरी सेक्यूरेटि थ्रेट हुन्छ ?

कतिपय अवस्थामा हामीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) बाट पत्र आउने गरेको छ । यति यति आइएमइआइ नम्बरको मोवाइल फोन तपाईँले कसलाई बेच्नुभएको थियो भनेर । किनकि त्यो आइएमइआइ नम्बर भएको फोनबाट कसैलाई धम्की गएको छ । र, प्रहरीले त्यो व्यक्तिको बारेमा अनुसन्धान गरिरहेको छ । आइएमइआइ नम्बर पत्ता लाग्यो तर त्यो फोन अफ छ । त्यसपछि प्रहरीले हामीलाई सोध्छ । तर, त्यस्ता फोनहरु हामीले बेचेकै हुँदैनौं । किनकी ती मोवाइलहरु चोरीबाट आएका हुन्छन् । कमसेकम मैले भनेको आइमेड सिस्टम लागू हुने हो भने त त्यो मोवाइल सेट कसले किनेको थियो भन्ने कुरा पत्ता लाग्छ र प्रहरीलाई अनुसन्धान गर्न सजिलो पनि हुन्छ ।

नेपाली मोबाइल बजारमा सामसुङको अबस्था के छ ?

अहिलेको नेपाली बजारमा करिब ८० प्रतिशत स्मार्ट फोनहरु प्रयोगमा छन् । बार फोनहरु हराउँदै गएका छन् । सामसुङले करिब–करिब बार फोन बन्द नै गरिसक्यो । हामी शतप्रतिशत स्मार्टफोनमा छौं ।

पछिल्लो समयमा चिनियाँ स्मार्ट फोनहरु आक्रमक बजार विस्तार गरिरहेका छन् । त्यसको प्रभाव कस्तो छ ?

सामसुङका १० देखि ३० हजार रुपैयाँ पर्ने मोबाइल सेटहरुमा केहीहदसम्म प्रतिस्पर्धा छ । त्योभन्दा बढी मुल्यका फोनसँग कम प्रतिस्पर्धा छ । हाम्रो बजार सुरक्षित छ । आउने दिनहरुमा एप्पलले एग्रेसिभ मार्केटिङ ग¥यो भने एप्पलसँग प्रतिस्पर्धा हुन्थ्यो होला ।

deepak_malhotra

चाइनिज स्मार्टफोनको बजार हिस्सा बढ्न थालेको हो ?

बजारमा नयाँ भएपछि केही एग्रेसिभ भएर मार्केटिङ त गर्नै प¥यो । हाम्रो बजार हिस्सा घटेको छैन । वास्तवमै भन्नुपर्दा उनीहरु आफैबीच मात्रै प्रतिस्पर्धा छ । काठमाडौं उपत्यकाको कुरा गर्दा सामसुङको बजार हिस्सा ५० प्रतिशत छ । बाँकी ५० प्रतिशतका लागि चाइनिज फोनहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

नोकिया भनेको मोवाइल बजारमा १३ वर्ष राज गरेको बसेको ब्राण्ड हो । हामीलाई थाहा थिएन, हामी पनि कुनैदिन राजा हुन पाउँछौ भन्ने । तर, हामी सन् २०११ देखि मोवाइल बजारको राजा छौं ।

नेपालमा एक वर्षमा कति मोवाइल सेटहरु बिक्री/वितरण हुन्छन् ?

मासिक ४ लाख मोवाइल सेटहरु नेपालमा कानूनीरुपबाट भित्रिन्छन् भने अनौपचारिक माध्यमबाट मासिक ६०÷७० हजार मोवाइल सेटहरु भित्रिन्छन् । जसअनुसार नेपालमा मासिक ५ लाख र वार्षिक ६० लाख मोवाइल सेटहरु बिक्री वितरण हुँदै आएका छन् । नेपालमा करिब २ करोड मोवाइल फोन प्रयोगकर्ताहरु छन् । तथ्याङले त त्यो भन्दा पनि धेरै छन् भन्छ । स्मार्टफोन आइसकेपछि औषतमा २ वर्षमा मोवाइल सेटहरु फेर्ने गरेको पाइन्छ । एक व्यक्तिले २ वर्षमा एउटा मोवाइल सेट परिवर्तन गर्दा पनि एक वर्षमा १ करोड मोवाइल सेटको बजार छ, नेपालमा ।

प्रतिस्पर्धा तीब्र छ, नाफाचाहिँ कति हुन्छ नि ?

मोवाइल फोन धेरै नाफा लिनसक्ने वस्तु नै होइन । किनभने संसाभर मोवाइल फोनको तीब्र प्रतिस्पर्धा छ । नाफा अत्यन्तै कम भएकाले भ्याट घटाइदेउ भनेर सरकारसँग झगडा गरिरहेका छौं । राम्रो मार्जिन हुन्थ्यो भने हामी चुप लागेर बस्थ्यौं । हामीले किन्ने र उपभोक्ताले किन्न पाउने मुल्यको दरमा २० देखि ३० प्रतिशतमात्रै ग्याप हुन्छ । २० प्रतिशतमा कर, आयातकर्ताको नाफा, वितरकको नाफा र रिटेलको नाफा पनि समावेस गरिएको हुन्छ ।

सरकारले ७ प्रतिशतजति लिन्छ । हामीले ६ प्रतिशतजति लिन्छौं । वितरकले ३/४ प्रतिशत लिन्छ । डिलरले ५÷७ प्रतिशत लिन्छ होला । मोवाइलको व्यापार भनेको नगदमा बेच्नुपर्ने व्यापार हो । तर नेपालमा उधारोमा पनि बिक्री वितरण गर्नुपर्ने बाध्यता छ ।

नोकियाले एनड्रोइड फोन ल्याउने अन्तिम तयारी गरिरहेको छ । हिँजोको मोवाइल बजारको राजा नोकिया एनड्रोइडमा आएपछि सामसुङलाई चुनौति होला कि नहोला ?

नोकिया भनेको मोवाइल बजारमा १३ वर्ष राज गरेको बसेको ब्राण्ड हो । हामीलाई थाहा थिएन, हामी पनि कुनैदिन राजा हुन पाउँछौ भन्ने । तर, हामी सन् २०११ देखि मोवाइल बजारको राजा छौं । हामी राजा भयौं भनेर घमन्ड पनि गर्नु हुँदैन । किनभने कुनैदिन अर्को ब्राण्ड राजा भएर निस्कन सक्छ । भोलि नोकियाले हामीलाई जित्न पनि सक्छ । यो स्वभाविक हो ।

एउटा यस्तो बर्ग छ, जसले चाइनिज मोवाइल बोक्दैन । कि एप्पल बोक्छन् कि सामसुङ नै बोक्छन् ।

त्यसोभए सामसुङका लागि चुनौति के त ?

सामसुङका लागि सामसुङ नै चुनौति हो । तर, अबैधनिक बाटोबाट आएका सामसुङ । चाइनिजहरु एकआपसमा जुधिरहेका छन् । सामसुङ उनीहरुभन्दा निकै अघि छ ।

सामसुङको नोट सेभनमा समस्या देखियो । नेपाली बजारमा त्यसको कस्तो प्रभाव पर्यो ?

हामीले सो सेट नेपाली बजारमा लञ्च नै नगरेको हुनाले हामीलाई केही पनि असर गरेन । लञ्च गरेको भए त निकै अफ्ठ्यारो हुन्थ्यो । आगामी दिनमा हाम्रो ध्यान भनेको प्रत्यक्षरुपमा उपभोक्तालाई कसरी अधिकतम फाइदा दिने भन्ने मै केन्द्रित रहन्छ ।

र, अन्त्यमा नेपालमा सामसुङ अझै कति वर्ष राजा हुने हो ?

यो अलि गंभीर कुरा सोध्नु भयो । मलाई त जति बढी राजा हुनसकेँ त्यति राम्रो हो । त्यसैले सँधै राजा हुन चाहन्छु । अहिलेको परिस्थितिमा भन्दा अझै २÷४ वर्ष सामसुङ मज्जाले राजा भएर बस्छ । त्यसपछि के हुन्छ त्यो चै भन्न सक्दिन । किनभने नोकिया पनि एनड्रोइडमा आउँदैछ । तर, एउटा कुरा के सत्य हो भने सामसुङ मोवाइल फोन सिम्बोल अफ प्रेस्टिज भइसकेको छ । एउटा यस्तो बर्ग छ, जसले चाइनिज मोवाइल बोक्दैन । कि एप्पल बोक्छन् कि सामसुङ नै बोक्छन् ।


पुष्प दुलाल