जान्नुहोस् दुनियाँकै सबैभन्दा महंगो हिरा ‘कोहिनुर’बारे ६ किम्बदन्ती र तथ्य




काठमाडौं । कोहिनुर संसारको सबैभन्दा विवादित र महंगो हिरामध्ये एक हो ।

यसलाई हासिल गर्नका लागि सदियौदेखि लडाई, षडयन्त्र हुदै आएको छ । यो कहिले मुगल, इरानी, अफगानी, पञ्जाबी र मराठीसँग रहेको थियो । अहिले भने बेलायतको महारानीको श्रीपेचको शोभा बढाइ रहेको छ ।

१०५ क्यरेक्टको बहूमूल्य हिरा १९ औं शताब्दीको बीचमा बेलायत पुगेको थियो । यो जुन मुकुटमा जोडिएको छ, त्यसलाई टावर अफ लन्डनमा प्रदर्शनमा राखिएको छ ।

विलियम ड्यालरिम्पल र अनिता आनन्दले एउटा किताब लेखेका छन्–‘कोहिनुरः द स्टोरी अफ द वल्र्डस मस्ट इनफेमस डायमन्ड’ ।

यस किताबमा लेखिएको छ कि तत्कालीन गभर्नर जनरल लर्ड डलहौजीको हातमा यो हिरा सन् १८४९ मा परेको थियो । उनले हिरा र हिराको इतिहास बताउदै एउटा नोट रानी भिक्टोरियालाई पठाउने सोचे ।

उनले यसबारेमा अनुसन्धान गर्ने जिम्मेवारी दिल्लीको जूनियर असिस्टेन्ट मजिस्ट्रेट म्याटकाफलाई दिए । म्याटकाफलाई लोकप्रीय कथा बाहेक अरु कुनै हात लागेन ।

बेलायती महारानीकाे शबयात्रामा उनकाे शबमाथि याे हिराजडित मुकुट राखिएकाे थियाे

यस हिराको बारेमा धेरै किम्बदन्तीहरु रहेका छन् ।

पहिलाे किम्बदन्तीः मुख्य रुपमा भारतको हिरा हो ।

तथ्यः कोहिनुर बेलायत पुग्दा यो १९०.३० मेट्रिक क्यारेक्टको थियो । यस प्रकारको अरु दुइवटा हिरा थिए । अर्को थियो दरिया–ए–नूर (रोशनीको नदी) जुन १७५–१९५ म्याट्रिक क्यारेट थियो । यो अहिले इरानमा छ ।

इरानी शासका नलिर शाहले सन् १७३९ मा भारतमाथि आक्रमण गरेर तीनवटै हिरा लुटेका थिए ।

कोहिनुर १९ औं शताब्दीको सूरुमा पञ्जाव पुगेको थियो ।

किम्बदन्ती नम्बर दुईः कोहिनूर हिरामा कुनै खराबी छैन ।

तथ्यः जाँचको पहिलो नतिजामै खराबी भेटिएको थियो ।

काेहिनूर हिराजडित मुकुट लगाउने बेलायती महारानी भिक्टाेरिया

यसको बिचबिचमा पहेलो रङ्गको लाइनहरु थियो । त्यस मध्ये एउटा लाइन अलिक ठूलो थियो । जसले प्रकाशलाई राम्रोसँग प्रतिबिम्बित हुन दिदैनथ्यो । जसका कारण रानी भिक्टोरियाले पति प्रिन्स अल्बर्टलाई यसलाई मिलाउन लगाएकी थिइन ।

कोहिनुर संसारको सबैभन्दा ठूलो हिरा हैन । यसमा यो ९० औं स्थानमा रहेको छ ।

तेश्रो किम्बदन्तीः कोहिनुर १३ औं शताब्दीमा भारतको कोल्लुर खदानबाट निकालिएको थियो ।

तथ्यः यो कुरा बुझ्न असम्भव छ कि कोहिनुर हिरा कहिले र कहाँबाट निकालिएको हो । केही मानिसहरु त यो हिरा भगवद् गीताको श्री कृष्णको स्यमन्तक हिरा भएको बताउछन् ।

म्याटकाफले आफ्नो रिपोर्टमा लेखेका छन् कि यो हिरा ‘कृष्णको जीवनकालमा निकालिएको थियो ।’

हामीलाई यो मात्र थाहा छ यो हिरा कुनै खानीबाट निकालिएको हैन । यो दक्षिण भारतको कुनै एक सुख्खा नदीमा भेटिएको थियो । भारतमा अहिलेसम्म खनेको खानीबाट हिरा निकालिएको छैन ।  खोलमा नै हिरा पाइरहेको छ ।

मयूर सिंहासनमा बसेका शाहजाह

चौथो किम्बदन्तीः कोहिनुर मुगलको सबैभन्दा वहुमुल्य सम्पत्ति थियो ।

तथ्यः खासमा हिन्दु र शिख हिरालाई सबैभन्दा मुल्यवान मान्थे । मुगल र इरानी गुफामा भेटिएको वस्तुलाई महत्व दिन्थे ।

मुगलहरुसँग धेरै वहुमूल्य पत्थर थियो कोहिनुर त त्यसमध्येको एक मूल्यवान हिरा थियो । मुगलको खजनामा सबैभन्दा बहुमुल्य पत्थर हिरा हुदैनथ्यो । उनीहरु रातो स्पाइनल पत्थर र वर्माको रातो माणिक्यलाई धेरै मन पराउथे ।

खासमा मुगल सम्राट हुमायूले बाबरको हिरा इरानको शाह तहमस्पलाई दिएका थिए । त्यो कोहिनुर हिराको रुपमा बुझिएको थियो ।

बाबरको हिरा पछि दक्षिण भारत फर्कियो । तर यहाँ नबुझिएको कुरा त्यो हिरा मुगल दरबार कसरी पुगेको थियो ?

पाँचौं किम्बदन्ती ः मुगल सम्राट मुहम्मद शाहले रंगिलाबाट पगडी साट्ने विधिको समयमा चलाखीपूर्वक लिएका थिए ।

तथ्यः सामान्य मानिसहरुमा यो कथा एकदमै चर्चित रहेको छ कि मुगल सम्राट आफ्नो पगडीमा लुकाएर कोहिनुर राख्थे । र, नादिर शाहले यसलाई चलाखीपूर्वक चोरेका थिए ।

तर कोहिनुर मुहम्मद शाहले गोप्य रुपले पगडीमा राख्नुपर्ने र नादिर शाहले पगडी फेर्ने नाममा चतुर्याइपूर्वक चोर्नुपर्ने एक अलग किसिमको मुल्यवान पत्थर थिएन ।

इरानी इतिहासकार मारवीका अनुसार यो हिरा पगडीमा राख्न सकिदैन थियो । किनकि त्यस समय निर्माण भएको सबैभन्दा मुल्यवान फर्निचर मयूर सिंहासनमा जोडिएको थियो । यो सिंहासन शाहजहाँले बनाएका थिए ।

छौटौं किम्बदन्तीः वेनिशको एक व्यक्तिले गलत तरिकाले कोहिनुर घोटेर पोलिस गरेका थिए । जसका कारण हिराको आकार छोटो भएको थियो ।

तथ्यः मुगल सम्राट औरन्गजेबले फ्रासेली घुमन्ते ज्याक बापटिस्टा तवेनियालाई आफ्नो निजी खजना देखाएका थिए । तवेनियाले लेखेका छन् कि होरेन्शियो बोर्जियोले धेरै ठूलो हिरालाई काटेर निकै छोटो बनाइदिएका थिए ।

तर त्यो हिरा ग्रेट गुगल डायमन्ड थियो । जुन हिराको व्यापारी मीर जुमलाले शाहजहाँलाई उपहारको रुपमा दिएका थिए ।

धेरै जस्तो आधुनिका विद्धवानहरुका अनुसार ग्रेट मुगल डायमन्ड खासमा आर्लोव हिरा थियो । यो अहिले क्रेमलिनमा क्याथरिनको राजदण्डमा जोडिएको छ ।

अहिले ग्रेट मुगल डायमण्डलाई बिर्सिएको छ, सारा संसारको ध्यान कोहिनुरमा रहेको छ ।

बिबिसी हिन्दीबाट


क्लिकमान्डु