गिगी हदीद बनिन् ‘इन्टरनेशनल मोडेल अफ द इयर’




काठमाडौं । लस एन्जल्सकी २१ वर्षीय सुन्दरी गिगी हदीद २०१६ को उत्कृष्ट मोडल भएकी छिन् ।

हदीद गत मंगलबार लन्डनमा आयोजित २०१६ फेसन अवार्डस ‘इन्टरनेशनल मोडेल अफ द इयर’ चुनिएकी हुन् ।

उनले उपाधीका लागि दिदी वेला हदीद र नजिकको साथी केन्डल जेनरलाई पछि पारेकी थिइन ।

‘म भन्न चाहन्छु कि मलाई थाहा छ म सामाजिक मिडियाको पुस्तामा छु, यसका लागि म आफूलाई एकदमै भाग्यमानी ठान्छु,’ अवार्ड लिने क्रममा गिगीले भनिन् । उनले थपिन्, ‘फेसन उद्योग मेरो परिवार हो र तपाईहरु सबैका कारण आज म यहा“ छु ।’

गिगा हदीद लस एन्जल्सका रियलस्टेट कारोबारी मोहम्मद हदीद तथा पूर्व मोडल योलान्डा हदीदका छोरी हुन् ।

उनको आमा योलान्डा हदीद ‘रियल हाउसवाइफ अफ बेबरली हिल्स’ रियलिटी शो चलाउछिन् ।


क्लिकमान्डु