६० करोड लगानीमा हेलिएभरेष्टले भित्र्यायो एयरबसका २ हेलिकोप्टर




काठमाडौं । नेपाली आकाशमा हेलिएभरेष्टका २ नयाँ हेलिकोप्टर थपिएका छन् । कम्पनीले शनिबारदेखि उडान सुरु गरेको छ ।

सोलुखुम्बुको गुदेल गाउँबाट ‘रेस्क्यू’ उडान गरी सेवा संचालन सुरु गरेको कम्पनीका प्रवक्ता इश्वर लामिछानेले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘हामीले पहिलादेखि नै तयारी गरेका थियौं, उडान अनुमति पाए पछि शनिबारदेखि सेवा संचालन भएको हो,’ कम्पनीका डाइरेक्टरसमेत रहेका प्रवक्ता लामिछानेले भने ।

हेलिएभरेष्टले फ्रान्सेली कम्पनी एयरबस हेलिकोप्टरका एएस३५०बि३इ मोडेलका २ नयाँ जहाज नेपाल भित्र्याएको हो । ६० करोड रुपैयाँको लगानीका नयाँ हेलिकोप्टर ल्याएर सेवा सुरु गरिएको कम्पनीले जानकार दिएको छ ।

हेलिएभरेष्टमा ब्यवसायिक र दक्ष लाइलट तथा इन्जिनियरहरुको लगानी रहेको छ । कम्पनीले सन् २०१७ मा थप एक हेलिकोप्टर ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु