चीनले अनुदान दिएको १० हजार टन खानेतेल खानै नमिल्ने !



काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको खाने तेल अखाद्य भएको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याब परिक्षणका क्रममा अखाद्य भएको पुष्टि भएको हो ।

भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले नेपाललाई खानेतेल अनुदान सहयोग गरेको थियो । अखाद्य पुष्टि भएपछि उक्त खानेतेल खाद्य संस्थानको गोदाममा एक वर्षदेखि थन्क्याएर राखिएको छ ।

प्रशोधित खाने तेलमा एसिडको मात्रा ०.५ हुनुपर्नेमा चीनबाट अनुदानमा आएको खाने तेल खाद्य ऐनको मापदण्ड विपरित अर्थात् एसिडको मात्रा १.५ पाइएको रिर्पोट सार्वजनिक गरेको थियो ।

परिक्षण रिपोर्टमा एसिड भ्यालुको मात्रा १.५ देखिएपछि विभागले सम्बन्धित निकायमा तेल कच्चा हो कि प्रशोधित हो भनेर पत्रसमेत पठाएको थियो ।

यसअघि संयुक्त अरब इमिरेट्स सरकारले नेपाललाई गत बैशाखमा भूकम्पपीडितलाई राहतस्वरुप उपलब्ध गराएको ८ हजार ५ सय लिटर खाने तेल उपलब्ध गराएको थियो । उक्त खाने तेल पनि गुणस्तरहीन भेटिएपछि नष्ट गरिएको थियो ।


पुष्प दुलाल