५ कारण, जसले सेयर बजारमा मानिसले पैसा गुमाउँछन्



१. बढी जोखिम र कम बिबिधिकरण

बजार बढ्दै गर्दा मानिसहरु अत्याधिक मात्रामा उत्साहित हुने र कम पूँजी भएका र जोखिमयुक्त कम्पनीमा ठूलो मात्रामा लगानी गर्ने गर्छन् । जसका कारण बजार घट्दै गर्दा ठूला र राम्रा कम्पनीका तुलनामा यस्ता कम्पनीका सेयर अस्वभाविक खस्न थाल्छन् । तर राम्रा कम्पनीमा विविधिकरण गरी लगानी गरेमा बजारको जोखिम निन्यूनिकरण गर्न सकिन्छ ।

२. अनुसन्धान बिना अरुको सुझावमा गर्ने लगानी

अलिकति जगेडा पैसा छ कहाँ लगानी गरौं ? भनेर सोध्ने । तर आफू अध्ययन अनुसन्धान नगर्ने प्रवृति सेयर बजारमा पैसा गुमाउने दोश्रो प्रमुख कारण हो ।

३. घाटा भएमा लामो समय होल्ड गर्ने तर थोरै नाफा भए पनि चाडै बेचिहाल्ने

नोकिया र एप्पलको उदारणले  अझ प्रस्ट हुन्छ । अनुमान गर्नुस २००७ मा एप्पल र नोकियाको सेयर थियो । जति बेला एप्पलले आइफोनको घोषणा ग¥यो । २०१० को अन्त्यमा एप्पल १ सय ३० प्रतिशतले माथि गयो भने नोकिया ७० प्रतिशतले ओरालो लाग्यो । प्रलोभन यो हुन सक्छ कि एप्पलको मुनाफा बुक गरौं र नोकिया फेरी बढ्छ भनेर आश गरौं । तर हामीलाई थाहा छ २०१० बाट पनि एप्पल १ सय ५० प्रतिशत बढ्यो भने नोकिया ३० प्रतिशत अझै ओरालो लाग्यो ।

४. फाइदा धेरै खोज्ने

अत्याधिक फाइदा खोज्ने र सेयर मुल्यलाई कम्पनीको उचित मूल्याकंनसँग नदाज्ने । साथै कम्पनीको भावी योजना, वृद्धि हुने आधार लगायत अधारभूत कुरामा ध्यान नदिइ छिटो र धेरै प्रतिफलको आश राख्ने ।

५. सेयरको मुल्यमा वृद्धि हुदा किन्ने र घट्दै गर्दा बेच्ने

अहिलेको घट्दो बजारमा निरास र आत्तिएका लगानी कर्ताहरुले यस बूदाँको थप पुष्टि गर्छन । अहिले बढि तिनै आत्तिएका छन् जसले बढ्दो बजारमा सेयर किनेका थिए । अहिले उनीहरु नै अत्तिएर बेच्दै गर्दा बजार झन झन घट्दो क्रममा गहिरहेको छ ।


क्लिकमान्डु