राराः पर्यटकको रोजाईको तारा (फोटोफिचर)



मुगू । पछिल्लो समय रारामा पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको बढ्दो आकर्षणले रारा तालको सुन्दरताले अझै लोकप्रियता कमाउन थालेको प्रष्ट हुन्छ ।

राराको सुन्दरतामा रमाउन आउनु नै यहाँ आउने पर्यटकको मुख्य उद्देश्य हो । पहिला हिँडेजा आउनुपथ्र्यो तर अचेल मोटर चढेर आउन सकिन्छ ।

सदरमुकाम गमगढीदेखि २ घण्टा पैदल यात्राको दुरीमा रहेको भएपनि राराकै आसपास ताल्च विमानस्थल नजिकै सडक सञ्जाल जोडिएपनि पर्यटकको उपस्थिति बाक्लो भएको हो ।

सडक यातायातकाबाट पर्यटका लागि नेपालगञ्ज, सुर्खेत हुदै रारामा दुई दिनमा पुग्न सकिन्छ भने नेपालगञ्ज र सुर्खेतबाट रारा हवाई यातायातवाट ताल्च बिमानस्थलसम्म आधा घण्टामै पुग्न सकिन्छ ।

गत वर्षभन्दा यो वर्ष पर्यटकको संख्या उल्लेख्य मात्रामा बढेको छ । असोज, कात्तिक र मंसिर महिनामा दैनिक २ सयको हाराहारीमा पर्यटक आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

नेपालको सबैभन्दा ठुलो एव.सुन्दर ताल मानिने यो ताला मुगू जिल्लाको पर्यटकीय गन्तव्य हो । राराको सुन्दरता हेर्नकै लागि वर्षेनि हजारौं पर्यटकहरु यहाँ आउने गरेका छन् ।

रारामा २ होटल छन्, जहाँ सामान्यतया प्रतिव्यक्ति ७ सय रुपैयाँमा एक दिन खान बस्न पाइन्छ । तर, पर्यटकको चाप बढेसँगै होलटमा रुम पाउनु भनेको सौभाग्यजस्तै बन्ने गरेको छ ।


पुष्प दुलाल