पाटनलाई नमुना शहर बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र



बैतडी । देशका १० नमुना सहरमध्येको जिल्लाको पाटनको विकास हुन नसकेको भन्दै स्थानीयवासीले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई आज ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिले संयुक्तरुपमा बुझाएको उक्त ज्ञापनपत्रमा नमुना सहरभित्र पाटन पनि रहेकाले आर्थिक अभावका कारण यसको विकास हुन नसकेकाले सहयोग गर्न मन्त्री पाण्डेलाई आग्रह गरेका थिए ।

पाटन विमानस्थल पुनः सञ्चालन गर्र्नुपर्ने, नेपालकै गहिरो गुफा पत्तालभुमेश्वरको विकास गर्नुपर्नेलगायत समस्याको समाधानका लागि सहयोगको आवश्यकता रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले नमुना सहर पाटनको विकास र विमानस्थल पुनः सञ्चालनका लगि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


पुष्प दुलाल