चारवटा कम्प्युटरले धानेको सेयर बजार, दैनिक एक अर्ब डलरभन्दा बढीको कारोबार !




काठमाडौं । पुँजी बजारको विकाससँगै यसको पूर्वाधारमा पनि ठूल्ठूला लगानीहरु भइरहेका छन् । संसारकै ठूलो सेयर कारोबार हुने न्यूयोर्क स्कट एक्सचेञ्जमा एकै दिनमा एक अर्ब अमेरिकी डलरभन्दा बढीको कारोबार हुन्छ । त्यहाँको पूर्वाधार र प्रविधिमा पनि अर्बौ लगानी भएको छ ।

तर, संसारमा यस्तो देश पनि छ, जहाँको सेयर बजार ४ वटा कम्युटरको भरमा चलेको छ । त्यो देश हो हाम्रै छिमेकी भुटान ।

भुटानमा चारवटा सेयर ब्रोकर छन् । उनीहरुले बर्षमा करिब ३० लाख अमेरिकी डलर बराबरको सेयर कारोबार गर्छन् । नेपालसँग तुलना गर्दा पनि त्यो अन्यत्नै सानो आकार हो । जबकी नेपाली सेयर बजारमा धेरैपटक दैनिक १ करोड अमेरिकी डलर बराबरको कारोबार भइसकेको छ ।

भुटानको सेयर बजार ‘रोयल सेक्युरिटीज एक्सचेञ्ज अफ भुटान’ हप्तामा २ पटक खुल्छ । तैपनि त्यहाँ खरिदकर्ता वा बिक्रेता पाउन २/३ हप्तासम्म कुर्नु पर्छ ।

‘मैले झन्डै ३ हप्ता कुरेर २८२० कित्ता सेयर बेच्ने एउटा अर्डर पाएँ,’ ब्रोकर अफिसका एक कर्मचारी डेकि पेल्डनले भने ।

कुल बजार पुँजीकरण ३७.५ करोड डलर भएको भुटानी बजारमा २१ वटा कम्पनी सुचिकृत छन् ।

मानिसहरुको खुशीलाई राष्ट्रिय सम्पत्ति मान्ने यस बुद्धमार्गी देशमा भौतिक सुख-सुबिधाभन्दा आध्यात्मिक र पर्यावरणीय स्वास्थ्यलाई बढी महत्व दिइन्छ ।
बाहिरी दुनियाँको प्रवेश भर्खरै शुरु हुँदै गरेको भुटान अहिले भुमण्डलीकरणको युगमा बिस्तारै प्रवेश गर्दैछ ।

सन् १९९९ बाट टिभी सुरु भएको भुटानमा १० हजार इन्टरनेट कनेक्सन छन् भने हालसम्म एउटा पनि टा«फिक लाइट छैनन् ।

पछिल्ला दिनमा नेपाली सेयर बजारको उतारचढाव र होहल्लाबाट थाकेका लगानीकर्तालाई छिमेकमा यस्तो पनि सेयर बजार छ भन्ने पखब बढ्दा पक्कैपनि आश्चर्य लाग्छ नै ।


पुष्प दुलाल