तपाईंलाई थाहा छ, तपाईंको गाउँमा के को खानी छ ?



काठमाडौं । नेपालको सीमानाभित्र पर्ने भूगर्भत्रि कयौं खानीहरु भएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छन् । तर, सरकारी उदासीनताका कारण त्यस्ता खानीहरुको उत्खनन हुन नसकेको तीतो यथार्थ पनि हाम्रै सामू छ ।

गत वर्ष भारतले नाकाबन्दी लगाएपछि नेपालमा रहेका खानीहरु उत्खनन गर्नुपर्छ भन्ने थुप्रै बहसहरु भए ।

तत्काली प्रधानमन्त्री केपी ओलीले नेपाललाई आवश्यक पर्ने वस्तुहरु आफैं उत्पादन गर्ने भन्दै दिएका भाषणहरु निकै चर्चित र लोकप्रिय पनि भए ।

तर, बिडम्बना ओलीको भाषण भाषणमै सिमित भयो । ओलीको भाषण मात्रै होइन, त्यसअघिका मन्त्री प्रधानमन्त्रीहरुको भाषणबाजी पनि काममा परिणत भएन ।

सरकारी स्तरबाट खानी तथा भूगर्भ विभागले नेपालमा भएका खानीहरुको अध्ययन, अनुसन्धान र उत्खननको काम गर्दै आएको छ । तर, आवश्यक जनशक्ति र बजेटको अभावमा विभागले प्रभावकारीरुपमा काम गर्न नसकेको सम्बद्ध अधिकारीहरु बताउँछन् ।

आर्थिक वर्ष २०७२÷७३ सम्ममा १ सय ५ कम्पनीले देशभित्र रहेका १ सय २२ वटा खानी उत्खननका लागि इजाजत लिएको खानी विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा ३४ जिल्लामा विभिन्न प्रकारका खानीहरु पहिचान भएका छन् । पहिचान भएका खानीहरुमध्ये सबैभन्दा धेरै खानी सुदुरपश्चिमको दुर्गम एंवं गरिब जिल्ला जाजरकोटमा छन् ।

रामेछाप, अर्घाखाँची, सिन्धुली, पर्वत, अछाम, प्युठान, सङ्खुवासभा, हुम्ला, बझाङ, भोजपुर, म्याग्दी, बैतडी र दार्चुला जिल्लामा जम्मा १वटा मात्रै खानी रहेको विभागले जनाएकोछ ।

सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुङ्गाको ४४ खानी उत्खननका लागि ३६ कम्पनीले लाइसेन्स लिएको विभागले जनाएको छ ।

कुन जिल्लामा के को खानी ?

कालिकोट- काइनाइट २
आछाम- लिड २
दार्चुला- काइनाइट १, तल्स १
मकवानपुर- चुनढुङ्गा ८, मार्वल २
धादिङ- चुनढुङ्गा ४, मार्वल १, क्वर्ज

अर्घाखँची- चुनढुङ्गा १
उदयपुर- चुनढुङ्गा ४, रातो माटो २
चितवन- चुनढुङ्गा ३, डोलोमाइट १
सिन्धुली- चुनढुङ्गा १
सुर्खेत -चुनढुङ्गा १, रातो माटो २
धनकुटा- चुनढुङ्गा १, रातो माटो १
गोरखा- चुनढुङ्गा १, रातो माटो
तनहुँ- चुनढुङ्गा १, तल्स १
प्युठान- चुनढुङ्गा १
दोलखा- म्यागनेसाइट १, तल्स २
सङ्खुवासभा- क्वार्ज १
हुम्ला- क्वार्ज १
बझाङ- क्वार्ज १
भोजपुर- क्वार्ज १
सिन्धुपाल्चोक -क्वार्जजाइट ल्याव ४, तल्स १
काभ्रे- क्वार्जजाइट ल्याव २
म्याग्दी- तल्स १
बैतडी- तल्स ३
धादिङ र रसुवा- जिन १, लिड १
दैलेख र कालिकोट- काइनाइट १


पुष्प दुलाल