प्रेस युनियनको कार्यालयमा पुस ११ गते पत्रकारको निःशुल्क मृगौला परिक्षण हुने



काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षणको व्यवस्था मिलाएको छ । जसअनुसार पत्रकारहरुले पुस ११ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म नेपाल प्रेस युनियनको कार्यालयमा गएर मृगौला परिक्षण गराउन सक्नेछन् ।

जिल्ला जलनस्वास्थ्य कार्यालय काठमाडौंको सहयोगमा युनियनका महासचिव अजयबाबु शिवाकोटीको संयोजनमा मृगौला परिक्षण कार्यक्रम हुने युनियनले जनाएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाका प्रेस संयोजक जीबन भण्डारीको प्रस्तावमा युनियनले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नयाँ प्रविधिको प्रयोग गरेर ५ मिनेटमै मृगौला परिक्षण हुने बताइएको छ । ‘हरेक व्यक्तिले वर्षमा एकपटक मृगौलाको परिक्षण गर्नुपर्छ न निकै खर्चिलो र दयनिय जीबन भोगनुपर्छ,’ मन्त्री थापाका प्रेस संयाजक भण्डारीले भने, ‘त्यसैले हामीले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षणको व्यवस्था मिलाएका हौं ।’


पुष्प दुलाल