४.७८ अंकले बढ्यो नेप्से, ४४ करोडको कारोबार




काठमाडौं । बिहिबार पूँजी बजार मापक नेप्से परिसुचक ४.७८ अंकले बढेको छ ।

बिहिबार नेप्से परिसुचक ४.७८ अंकले बढेर १४७५.४१ बिन्दुमा पुगेको छ ।

नेप्सेले दिएको जानकारी अनुसार बिहिबार १३८ कम्पनीका ७ लाख ६९ हजार ९ सय २० कित्ता सेयर खरिद विक्री भएका छन् ।

आज बैंक, बिकास बैंक, उत्पादनमुलक र अन्य उपसुचक बढेका छन् भने होटेल, हाइड्रो, बित्त र बिमा उपसुचक घटेका छन् ।

साताको पहिलो दिन झिनो अंकले बढेर बाँकी सबै दिन घटेको नेप्से कारोवारको अन्तिम दिन भने बढेको हो ।


क्लिकमान्डु