साहसिक गन्तव्य तथा पर्वतारोहण सम्मेलन हुने




काठमाडौं । हाउस अफ राजकर्निकारले काठमाडौमा विश्वव्यापी साहसिक गन्तव्य तथा पर्वतारोहण सम्मेलन र प्रदर्शनी गर्ने भएको छ ।  

तिन दिने पर्वतारोहण सम्मेलन र प्रदर्शनी चैत १८ गतेदेखि २० गते सम्म काठमाडौमा हुने भएको छ ।

उक्त एक्स्पोमा उत्पादन क्षेत्र, सेवा क्षेत्र, सुचना प्रविधिको क्षेत्र तथा साहसिक पर्वतारोहण तथा गन्तव्य सम्बन्धी जानकारीहरु प्रदान गरिने छ । नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, भारतीय पर्वतारोहण संघ र चीनियाँँ पर्वतारोहण संघको संंयुक्त आयोजनामा हुन लागेको हो ।

थुप्रै साहसिक कार्यक्रम तथा प्रस्तुतिहरु रहने सम्मेलनमा विभिन्न देशका २०० भन्दा धेरैको सहभागीता रहने बताईएको छ ।


क्लिकमान्डु