ड्यूल क्यामरा फिचर भएकाे ह्वावे जीआर५ २०१७ बजारमा



काठमाडौं । चीनियाँ ह्वावेले स्मार्टफोनको नेपालसहित विश्वव्यापी बजारमा आज ह्वावे जीआर ५ २०१७ सार्वजनिक गरेको छ । आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण ह्वावे जीआर ५ जस्तै नै ह्वावे ह्वावे जीआर ५ २०१७ GR5 2017 पनि अधिक मूल्यका ह्याण्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम रहेको कम्पनीको दाबी छ ।

यो स्मार्टफोन पछिल्ला दिनहरुमा बजारमा ट्रेन्डसेटरकोरुपमा रहेको ड्यूल क्यामरासहितको फोन हो । बजेट प्रति सचेत हुने प्रयोगकर्ताहरुका लागि यस डिभाइसमा दुई वटा डुअल क्यामरा राखेर ह्वावेले सबैलाई उत्कृष्ट फोटो खिच्ने डुअल क्यामराको पावर प्रदान गरेको छ । ह्वावे जीआर ५ २०१७ को १२ एमबी र २ एमबी रियर क्यामराले मात्र ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्ने कम्पनीको भनाई छ ।

यो फोनमा १०–लेभलको ब्यूटी मोड, अटो मेक–अप मोड जस्ता परफेक्ट सेल्फी फिचरहरु छन्, जसले वास्तविक समयमै ब्यूटी मोड समन्वय गर्दछ । यो स्मार्टफोनको ८ एमपी फ्रन्ट क्यामरामा ७८ डिग्री वाइड एंगल भिजूअल रेन्ज र ४पी लेन्स एरीका साथै पानारोमिक सेल्फी पनि छ । यसको फ्रन्ट क्यामराले १०८०पीक्सेलको भिडियो रेकर्ड गर्न सक्दछ ।

फोनमा ३३४० एमएएचको ब्याट्री र ह्वावेको आफ्नै इन्टेलिजेन्ट पावर–सेभिङ प्रविधि राखिएको छ जसले मोबाइल चलाउने प्रयोगकर्तालाई पनि १.५ दिनको पावरफुल परफरमेन्स दिने कम्पनीले दाबी गरेको छ ।

ह्वावेको यो फोनमा हिसिलिकन किरिन ६५५ अक्टाकोर HiSilicon Kirin 655 Octa-Core प्रोसेसर छ भने यसको नयाँ आइफाइभ i5 कोप्रोसेसरले ब्याट्रीको खपत कम गर्ने र पूरै स्पीड र प्रभावकारीता अभिवृद्धि गर्ने क्षमता प्रदान गर्दछ ।

ह्वावेको सबैभन्दा नयाँ फिङ्गरप्रिन्ट प्रविधिसहितका फिङ्गरप्रिन्ट ०.३ को ३६० डिग्री रिडेबिलिटीका साथ यसका प्रयोगकर्ताले मात्र ०.३ सेकेण्डमै फोन चलाउन सकिन्छ।

ह्वावे जीआर ५ २०१७मा ५.५ इन्चको फूल हाइ–डेफिनेसन ठूलो स्क्रिन छ भन समात्न सजिलो युनी बडी र फुल्ली मेटालिक फ्रेम राखिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु