जहाज खरिदका लागि पाँच संस्थाले गरे ऋण दिने प्रस्ताव




काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको दुई वाइड बडी जहाजको लागि ऋण दिन पाँच संस्थाले प्रस्ताव गरेका छन् । कर्मचारी सन्चयकोष,नागरिक लगानीकोष,राष्ट्रिय वाणिज्य बैंक,नेपाल बैंक र कृषि विकास बैंकले ऋण दिने प्रस्ताव गरेका हुन् ।

जहाज खरिदमा सरकार जमानी बस्ने भएपछि पैसा हुने कोष तथा बैंकहरुले चासो दिएका हुन् । सरकार जमानी बसेर लिने ऋण बैंक तथा वित्तीय संस्थाको लागि अति सुरक्षित मानिन्छ ।

निगमले २६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकामा २२ अर्ब रुपैयाँ अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनले २२ अर्ब ५० करोड रुपैयाँमा विमान दिने प्रस्ताव गरेको हो ।

निगमले यसभन्दा अगाडि दुई एयरबस खरिदको लागि कर्मचारी सन्चय कोषसँग १ अर्ब रुपैयाँ ऋण लिएको थियो । जसका ब्याजदर ११ प्रतिशत थियो । निगमले यस पटक ७ प्रतिशत ब्याजदरमा ऋण लिने प्रस्ताव गरेको छ ।

निगमले थप दुई एअरबस खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा २२ अर्ब रुपैयाँमा अमेरिकन कम्पनीले विमान दिने प्रस्ताव गरेको छ ।

निगमले २६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकामा २२ अर्ब रुपैयाँ अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनले २२ अर्ब ५० करोड रुपैयाँमा विमान दिने प्रस्ताव गरेको हो ।

निगमले १००० घण्टा उडान गरेको एअरबस खरिद गर्न खोजेको भएपनि अमेरिकी कम्पनीले नयाँ जहाज दिने प्रस्ताव गरेको प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।


पुष्प दुलाल