गुणस्तरीय सामाग्री छनोट बारे जनचेतना जगाउँदै अर्घाखाँची सिमेन्ट



काठमाडौं । अर्घाखाँची सिमेन्टले पोखरामा इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीको भेला गरेको छ । पोखरामा भएको भेलामा अर्घाखाँची सिमेन्टले इन्जिनियर, कन्ट्रयाक्टर र निर्माणकर्मीहरुसँग भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरीय सामाग्री छनौटका बारेमा छलफल गरेको हो ।

भेलामा अर्घाखँची सिमेन्टका इन्जिनियर विकास भट्टराई भूकम्पको जोखिमलाई न्यूनिकरण गर्न बलियो घर निर्माण लागि आवश्यक पर्ने प्राविधिक पक्षबारे जानकारी गराएका थिए । भेलामा कम्पनीका सिनियर निर्माणका बारेमा तामिम तथा जानकारीमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।


क्लिकमान्डु