मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सेवा सम्झौता



काठमाडौं। मेगा बैंक नेपाल र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।

मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरि खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु