बैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने



काठमाडौं । साना उद्योगहरुको उत्पादन, गुणस्तरलगायतका बिषयमा जानकारी दिनेगरि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीलाई यस पटक अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनीको रूपमा आगामी २०७४ साल बैशाख ७ देखि ११ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।

मेलामा छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि सहभागि गराइने आयोजले बताए ।
मेलामा औद्योकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरूको सहभागिता रहने र ३०० वटा स्टल रहनेछ महासंघले जनाएको छ ।


क्लिकमान्डु